२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको निर्णायक गोलमा पीएसजी विजयी



अ+ अ-

एजेन्सी । फ्रेन्च फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रोमाञ्चक जित निकालेको छ । आइतबार साँझ भएको खेलमा पीएसजीले लिललाई ४–३ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको ११ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए ।

खेलको २४ औं मिनेटमा बाफोडे डियाकिटेले गोल गर्दै लिललाई २–१ को स्थितिमा ल्याए । यस्तै, जोनाथन डेभिडले ५८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिललाई २–२ गोलको बराबरीमा ल्याए ।

रोमाञ्चक बनेको खेलमा ६९ औं मिनेटमा जोनाथन बाबाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए । यता, खेलको ८७ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै पीएसजीलाई ३–३ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा लियोनल मेसीले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै पीएसजीलाई ४–३ को जित दिलाए । जितसँगै पीएसजी २४ खेलमा ५७ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ । लिल ४१ अंकसहित छैटौं स्थानमा रहेको छ ।