• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटीलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले लेस्टरलाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदान वल्र्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्डले दुई तथा जाडोन साञ्चोले एक गोल गरे ।

खेलको २५ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा रासफोर्डले पुनः गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । यस्तै, ६१ औं मिनेटमा साञ्चोले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।

जितसँगै तालिकाको तेस्रो स्थानमा रहेको युनाइटेडको २४ खेलबाट ४९ अंक छ । यता २३ खेलबाट २४ अंकसहित लेस्टर भने १४ औं स्थानमा छ ।