५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले लेस्टरलाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदान वल्र्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्डले दुई तथा जाडोन साञ्चोले एक गोल गरे ।

खेलको २५ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा रासफोर्डले पुनः गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । यस्तै, ६१ औं मिनेटमा साञ्चोले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।

जितसँगै तालिकाको तेस्रो स्थानमा रहेको युनाइटेडको २४ खेलबाट ४९ अंक छ । यता २३ खेलबाट २४ अंकसहित लेस्टर भने १४ औं स्थानमा छ ।