• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने ★   राष्ट्रपति पौडेल जर्मनीमा ★   ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ? ★   हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो ★   पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो ★   बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन ★   सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस ★   एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन ★   कोशी प्रदेशः ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक ★   गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

पोखरा बस दुर्घटना अपडेटः ५१ जना घाइते



पोखरा । पोखरामा आज दिउँसो यात्रु बाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अधिकांस विद्यार्थी रहेका छन् । पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पोखरा बजारतर्फ आउँदै गर्दा पृथ्वीराजमार्गस्थित पोखरा–२७ डाँडाकोनाकमा सडकबाट २० मिटर तल खोल्सामा खसेको थियो ।

घाइतेहरूको अवस्था सामान्य रहेको अस्पतालहरूले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो ।

घाइतेमध्ये दुई/दुई जनाको फिस्टेल अस्पताल र मेट्रोसिटी, तीन जनाको मेडिप्लस अस्पताल, पाँच जनाको गण्डकी मेडिकल कलेज अन्य बाँकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । चिकित्सका अनुसार घाइतेहरूको हातखुट्टामा चोटपटक लागेको छ ।

बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका विद्यार्थी सोमबार पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहका लागि लगाउने पोसाक (गाउन) लिएर फर्कँदै गरेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै प्रहरी र सर्वसाधारणको घटनास्थलबाट उद्धार गरेर अस्पताल लगेका थिए । दुर्घटनामा परेको बसलाई दुईवटा क्रेनको सहायताले बाहिर ल्याइएको छ । रासस