• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि ★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो ★   खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने ★   दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु ★   भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएन: ज्ञानबहादुर शाही ★   ‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’

इनरुवामा चलचित्र महोत्सव शुरु, दुई दर्जन चलचित्र प्रदर्शन गरिने



इनरुवा । सुनसरीको इनरुवामा पहिलो इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सव शुरु भएको छ । प्रदेश १ का संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सवको उद्घाटन गर्नुभएको हो ।

फागुन १७ गतेसम्म चल्ने महोत्सव इनरुवा नगरपालिकाको संयोजनमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको हो । उद्घाटन कार्यक्रममा इनरुवामा योगदान पु¥याउने विभिन्न विधातर्फ उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ । चलचित्र प्रदेशमा नै नभइरहेको अवस्थामा इनरुवामा जमर्को गरी प्रदेश स्तरीय चलचित्र महोत्सव गर्ने क्रममा विविध विधा र कार्यक्रसँगै आयोजनामा ल्याइएको बताइएको छ ।

आयोजकका अनुसार महोत्सवमा प्रदेश १ मा निर्माण गरिएका दुई दर्जन छोटा तथा लामा चलचित्र प्रदर्शन गरिनेछ । उत्सव तथा महोत्सवका अन्य कार्यक्रमहरुमा जातिय पहिरन प्रदर्शन, बेहुली सुन्दरी प्रतियोगिता, बेबी फेन्सी लगायतका प्रतियोगितासहित राष्ट्रिय कलाकारको उपस्थितिमा सांगीतिक प्रश्तुति हुनेछ ।