२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबारे निर्णय लिन हतार छैन: जसपा



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिबारे निर्णय लिन हतार नगर्ने बताएको छ ।

आज बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि बोल्दै कार्यालय प्रमुख प्रकाश अधिकारीले कुनैपनि पार्टीको उम्मेदवार नटुंगिएकोले त्यसबारे छलफल गर्न आवश्यक नरहेको बताएका हुन् ।

‘राष्ट्रपतिबारे अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन ।’, उनले भने, ‘कुनै पार्टीले अहिलेसम्म उम्मेदवार नै नटुंग्याएको अवस्थामा हामीले त्यसबारेमा थप छलफल गर्न आवश्यक छैन ।’

पार्टीले विचार र सिद्धान्त मिल्नेहरुसँग एकता गर्दै जाने नीति बनाएको अधिकारीले बताए । ‘हामीले आधार बनाएर एकीकृत समाजवादीसहित अन्य पार्टीसँग छलफल गरिरहेको छ । वार्ता सकारात्मक रुपमा अघि बढेको छ ।’, उनले भने, ‘विचार मिल्लेहरुसँग सकेसम्म एकीकरण नभए मोर्चा गरेर अघि बढ्छौं’।