१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबारे निर्णय लिन हतार छैन: जसपा



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिबारे निर्णय लिन हतार नगर्ने बताएको छ ।

आज बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि बोल्दै कार्यालय प्रमुख प्रकाश अधिकारीले कुनैपनि पार्टीको उम्मेदवार नटुंगिएकोले त्यसबारे छलफल गर्न आवश्यक नरहेको बताएका हुन् ।

‘राष्ट्रपतिबारे अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन ।’, उनले भने, ‘कुनै पार्टीले अहिलेसम्म उम्मेदवार नै नटुंग्याएको अवस्थामा हामीले त्यसबारेमा थप छलफल गर्न आवश्यक छैन ।’

पार्टीले विचार र सिद्धान्त मिल्नेहरुसँग एकता गर्दै जाने नीति बनाएको अधिकारीले बताए । ‘हामीले आधार बनाएर एकीकृत समाजवादीसहित अन्य पार्टीसँग छलफल गरिरहेको छ । वार्ता सकारात्मक रुपमा अघि बढेको छ ।’, उनले भने, ‘विचार मिल्लेहरुसँग सकेसम्म एकीकरण नभए मोर्चा गरेर अघि बढ्छौं’।