७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.36

Wind: 1.03

Humidity: 73

तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले परित्याग गर्दै दुर्गा प्रसाईं



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । स्रोतको अनुसार प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेपछि एमालेको स्थानीय कमिटीले कारवाही सिफारिस गरेको थियो । पार्टीले निर्णय लिनुपूर्व उनी आफैंले एमालेबाट अलग भएका हुन् ।

विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट मानिएको प्रसाई २०७८ मंसिर २६ मा एमाले केन्द्रीय समितिमा मनोनीत भएका थिए ।