२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

नेपाल एयरलाइन्सको काइदा: स्वदेशी पाइलटलाई डस्ने, विदेशी पोस्ने

नेपाल एयरलाइन्सको काइदा: स्वदेशी पाइलटलाई डस्ने, विदेशी पोस्ने
अ अ+ अ-

काठमाडौ  । नेपाल बायुसेवा निगम व्यवस्थापनले एयर बस ३३०/ ३२० अर्थात वाईडबडीका लागि स्थायी पदमा नेपाली पाईलट तयारी नगरी निगमलाई आर्थिक व्ययभार पारी मंहगोमा कमिशन लिई बिदेशी पाईलटलाई करारमा निरन्तरता दिइएको ठहर गरेको छ । 

नेपाल बायुसेवा  निगममा भएको अनियमिता सम्वन्धि अध्यायन प्रतिबेदन २०७८ मा दुई बर्षसम्म पनि एकजना नेपाली पाइलट तयार नगरी बिदेशी पाईलट लाई निरन्तरता दिई ३७ लाख ७५ हजार नोक्सानी गरेको ठहर गरेको छ ।  

प्रहरी उपरीक्षक राजेन्द्र कुमार पोखरेल, प्रहरी नायब उपरीक्षक बुद्धिराम खनाल र शाखा अधिकृत भाबना पुडासैनीको छानबिन टोलीले तयार पारेको प्रतिबेदनमा कोभिडको बेला १५ जना बिदेशी पाईलट लाई निरन्तरता  दिएको तर दुई महिना कुनै उडान नै नभएको र त्यसपछि पनि निकै कम उडान भएको उल्लेख गर्दै बिदेशीहरुलाई बर्षको १०० देखी १८० घण्टा उडानमा सग्लन गराई पुरै तलब भत्ता १६ करोड रुपैयाँ तलब भत्तामा मात्र खर्च गरेको जनाएको छ । 

केन्द्रको प्रतिबेदनले यो खर्चलाई अनावश्यक खर्चको रुपमा ठहर गरेको छ । छानबिन टोलीले सो रकम  भएको सम्बन्धित ब्यक्तिबाट असुलउपर गर्न निर्देशन दिएको छ । 

प्रतिबेदनले सुझाव दिँदै उल्लेख गरेको छ– टिआरआईको लागि २ दिनको तालीम तथा ३२०/३३० क्याप्टेनको लागि तीन दिन तालीम गरे हुने व्यवस्था अपरेशन्श म्यानुअले उल्लेख भएको जनाएको छ । 

तर  निगम ले २/३ दिनको तालिम  स्वदेशी  पाईलटलाई प्रदान गरी सक्षम बनाई बिदेशी श्रमिकलाई बिस्थापन  गर्नुपर्ने  कानुनी व्यवस्थालाई उल्लंघन गरी लामो समयसम्म बिज्ञापन नै नगरी म्याद थप गर्दै करौडौ रकम भुक्तानी गरी  निगमलाई थप आर्थिक ब्ययभार पारेको  देखिदा जिम्मेबार पदाधिकारीलाई कानून बमोजिम कारबाही गरी स्वदेशी पाईलटलाई योग्य बनाई बिदेशी नागरिकलाई तुरन्त बिस्थापन गर्ने व्यबस्था मिलाउन  भनी नेपाल नागरिक उड्यन प्राधिकरण र नेपाल  बायुसेवा निगमलाई निर्देशन दिन सिफरिस गरेको छ । 

प्रतिबेदनका अनुसार बिदेशी पाइलट राख्नकै लागि नेपाली पाइलटलाई प्रशिक्षण प्रक्रियामा लगिएन । बर्तमान अपरेशन निर्देशकका रुपमा दिप ज्वार्चन नियुक्त हुनुभन्दा अघि १ बर्षमा वाईडबडीमा मात्र १५ जना नेपाली पाईलट तयार भएकोमा ज्वार्चन नियुक्त भएपछि २०१९ देखि २०२१ मा एकजना पनि नेपाली पाईलट तयार नगरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । 

प्रतिबेदनका अनुसार   सन् २०१८  देखी २०१९ मा ३३० को लागि १५ जना पाईलटलाई तालीम दिएको मा दिपुरराज जुहार्चन नियुक्त भएपछि  २०१९ देखी २०२१ को अबधिमा ३२० मा जम्मा २ जना को – पाईलटको तालीम भएको र ३३० मा ४ जनाले पाईलट तालीम गर्न निबेदन दिएकोमा तालीम संञ्चालन गरेको नपाईएको जनाईएको छ । 

प्रतिबेदनका अनुसार बिदेशी पाईलटलाई निरन्तरता दिन पाईलटको लाईसन्स नबिकरणको लागि आवश्यक सिमिलेटर तालीम सञ्चालन गर्ने तालिम केन्द्रको छनौटमा समेत अनियमिता गरेको केन्द्रको प्रतिबेदनमा उल्लेख छ । 

प्रतिबेदन अनुसार तालीम केन्द्रका लागि सबैभन्दा सस्तो दररेट प्रस्ताब गर्ने  फ्रान्सको तालीम केन्द्र सिमारोले प्रशिक्षक सहित ४२१ डलर प्रतिघण्टा र प्रशिक्षक बाहेक २४५ डलर प्रतिघण्टा प्रस्ताब गरेकोमा प्रशिक्षक सहित ५२५ डलर प्रतिघण्टा र प्रशिक्षक बाहेक ३०५ डलर प्रस्ताब गर्ने गल्फ एभिएसन एकेडेमी बहराईनको प्रस्ताब स्वीकृत गरी निमगलाई ५० लाख १६ हजार ७१० नोक्सानी गरेको ठहर गरेको छ । 

उक्त प्रतिबेदनका अनुसार नेपाली प्रशिक्षक  पाईलटबाट गराएको भए ५७३४० अमेरिकी डलर लाग्नेमा ३२ घण्टा मात्र नेपाली प्रशिक्षकबाट गराई १५६ घण्टा  बिदेशी प्रशिक्षकबाट संञ्चालन गराएको देखिएको जनाईएको छ ।   यसबाट नेपाल बायु सेवा निगमलाई ९१,६६० डलर खर्च गरेको देखिन्छ । यसबाट निगमलाई ३४,३२० डलर  अर्थात ३७ लाख  ७५ हजार २०० रुपिया नोक्सान भएको छ । 

यसैगरी सोही तालीमको लागि नेपाली प्रशिक्षक हुदाहुदै बिदेशी प्रशिक्षक प्रयोग गरेका कारण निगमलाई ३७ लाख ७५ हजार नोक्सानी गरेको ठहर गर्दै सम्बन्धित पदाधिकारीबाट असुली गर्न निर्देशन दिएको छ ।  

प्रतिबेदनको सुझाब नं ६ मा भनिएको छ– एयरबस ३२० को सिमुलेटर लाइसेन्स तालिमका लागि निगमले २७ डिसेम्बर २०१९ मा कोटेशन माग गरेकोमा सबैभन्दा कम दरभाउपत्र पेश गर्ने सिमारियो एकेडेमीको कोटेशन स्वीकृत गर्नुपर्नेमा सो गरेको पाइएन । तसर्थ, उक्त कार्यमा संलग्न पदाधिकारीलाई कानुन बमोजिम कारबाही गरी नेपाल बायुसेवा निगमलाई भएको क्षति अशुल उपर गर्न सम्बन्धित निकायलाई निर्देशन दिन उपयुक्त देखिन्छ भनिएको छ ।