१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

स्थानीय तह निर्वाचनसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश

स्थानीय तह निर्वाचनसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश
अ अ+ अ-

काठमाडौ । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ । सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले स्थानीय तह निर्वाचनसम्बन्धी रिट दर्ता गर्न आदेश दिनुभएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । उहाँका अनुुसार यसअघि उक्त रिट दरपिठ भएको थियो ।
 
आदेशमा निवेदन दरपिठ गरेको सर्वोच्च अदालतको रजिष्ट्रारको माघ २६ गतेको आदेश बदर गरिएको उल्लेख छ । “स्थानीय तहका पदाधिकारीको पदावधि कहिलेसम्म रहने हो अर्थात् कुन मितिमा पदावधि समाप्त हुने हो भन्ने संविधान र कानूनमा रहेका प्रावधानको व्याख्या गरी निरुपण गर्नुपर्ने प्रश्नहरुउपर न्यायिक विवेक प्रयोग गरी इजलासबाट सुनुवाइ भई निरुपण हुनु नै मनासिव हुन्छ”, आदेशमा भनिएको छ, “संविधान र कानूनको व्याख्यासम्बन्धी यस प्रकारको विषयलाई न्यायिक प्रक्रियामा प्रवेश नै नपाउने गरी प्रशासनिक तहबाट नै निवेदन दरपिठ गरी टुङ्ग्याउने उचित देखिँदैन ।” 

महोत्तरीको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले वैशाखमै स्थानीय तहको निर्वाचन हुँदा आफूहरुको संविधानमा तोकिएको पाँच वर्ष अवधि पूरा नहुँदै कार्यकाल सकिने भन्दै एकै चरणमा निर्वाचन नगर्न माग गर्दै रिट दायर गर्न थाल्नु भएको थियो तर सर्वोच्च अदालतले उहाँको रिट निवेदन दर्ता नगरी दरपिठ गरेको थियो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकेको छ । 

विसं २०७४ को स्थानीय निर्वाचन तीन चरणमा भएको थियो । प्रदेश नं २ मा त्यतिबेला असोज २ गते निर्वाचन भएको थियो । सर्वोच्चका अदालतका प्रवक्ता दाहालले अब नगरप्रमुख साहको रिट निवेदन दर्ता हुने बताउनुभयो ।