१० मंसिर २०८१, सोमबार
,
Latest
क्रुणाल पाण्ड्या ५ करोड ७५ लाखमा बैंगलोरमा अनुबन्धित नितिष राणालाई राजस्थानले ४ करोड २० लाखमा किन्यो भुवनेश्वर कुमार १० करोड ७५ लाखमा बैंगलोरमा अनुबन्धित नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान (अन्तरवार्ता) तुषार देशपाण्डेलाई राजस्थान रोयल्सले ६ करोड ५० लाखमा किन्यो आईपीएल मेगा अक्सनः केन विलियम्सन अनसोल्ड शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड दृष्टिविहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तान पराजित चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन २ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आयोगको आह्वान



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । वैशाख १० मा सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । यद्यपि, नयाँ खुल्ने दलहरूले भने उपनिर्वाचनमा भाग लिन पाउने छैनन् ।

आयोगका अनुसार २०७९ फागुन ५ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले उपचुनावमा भाग लिन फागुन १६ गतेसम्म दल दर्ता निवेदन आयोगमा पठाइसक्नुपर्नेछ । राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

गत मंसिर ४ मा भएको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने निर्वाचित भएका थिए । सर्वोच्च अदालतले नागरिकताको विषयलाई लिएर उनको उम्मेदवारी नै बदर गर्दै पद खारेज गरिदिएपछि यहाँ उपचुनाव हुन लागेको हो ।

उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ । यस्तै, चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको आयोगले जनाएको छ । चैत २३ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।