२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ

खुल्न थाले राजधानीका सङ्ग्रहालय, सम्पदास्थलमा चहलपहल

खुल्न थाले राजधानीका सङ्ग्रहालय, सम्पदास्थलमा चहलपहल
अ अ+ अ-

काठमाडौं । कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका राजधानीका सङ्ग्रहालय खुल्न थालेसँगै सम्पदास्थलमा चहलपहल देखिन थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार सङ्ग्रहालय फागुन १ गतेदेखि खुलेको छ । 

सङ्ग्रहालयमा २५ जनाभन्दा धेरैको समूह आए विभाजन गरेर प्रवेश गराउने र २५ जनाभन्दा कमलाई एकै समूहमा प्रवेश गराउन थालिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । फागुन १ गते १८६ जना नेपाली र १० जना विदेशी नागरिकले सङ्ग्रहालय अवलोकन गरेको कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।
 
यसैगरी फागुन २ गते १८५ जना नेपाली र आठ जना विदेशी नागरिकले सङ्ग्रहालयको अवलोकन गरेका छन् । सङ्ग्रहालय खुलेसँगै भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या पनि दैनिक बढ्न थालेको छ । फागुन ३ गते १९५ जना नेपाली र १३ जना विदेशी नागरिकले हनुमानढोका दरबार क्षेत्रका साथै सङ्ग्रहालय भ्रमण गरेका छन् ।

राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालयलगायत पनि खुलेका छन् । सबै सङ्ग्रहालयमा स्वास्थ्य मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै प्रवेश गराइएको छ । मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । २५ जनाभन्दा धेरैलाई एकैपटक प्रवेश दिइएको छैन ।
 
नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारकमा मङ्गलबार भने आधा दिनमात्र खुला गरिन्छ ।  हनुमानढोका दरबार हप्तामा सातै दिन खुला गरिन्छ । सार्वजनिक बिदाका दिन पनि हनुमानढोका दरबार क्षेत्र खुला हुने गरेको छ । दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ । दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा पनि अवलोकनका लागि खुला गरिएको छ ।

 महानगरले तिरेन हनुमानढोका दरबार हेरचाह अड्डालाई शुल्क
  
हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन । महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशकसमेत रहनुभएका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो ।   

 महानगरले पैसा नदिएपछि  सङ्ग्रहालयले पनि गत भदौदेखि टिकट काट्न सुरु गरेको छ । सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले रु ३०० र नेपालीले रु ३० को टिकट काट्नुपर्छ । विद्यार्थीलाई भने सहुलियतस्वरुप रु १५ मा प्रवेश गराइन्छ । महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको रु एक हजार शुल्क विदेशीसँग लिने गरेको छ ।

गद्दी बैठकमा प्रदर्शनीसहित सर्वसाधारणका लागि खुला गरिने
 
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै महिनादेखि गद्दीबैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी गर्ने भएको  छ । यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो ।
  
नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटना क्रमका तस्बिरको प्रतिलिपि प्रदर्शनीमा राख्ने तयारी भएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि माघ पहिलो साता सरकारले राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै माघ दोस्रो साता खुला गर्न लागिएको गद्दी बैठक पनि रोकिएको थियो । यो प्रदर्शनीसँगै गद्दीबैठक पनि सर्वसाधारणका लागि खुला गर्ने कार्यालयको तयारी छ । 

सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको जनाइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो । भूकम्पसँगै बन्द रहेको गद्दीबैठक यसपटक खोल्न  कार्यालय तयारी पूरा गरेको छ । पृथ्वीवीर विक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्न गद्दीबैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दीबैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्नेस्थलका रुपमा उपयोग हुने थालेको थियो । 

गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर गद्दी बैठक खुला गर्न लागिएको हो । गद्दी बैठकसँगै फोटोग्राफर दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १०० वर्षभन्दा पुराना तस्बिर पनि प्रदर्शनीमा राखिने भएको छ । गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि प्रजातन्त्र स्थापना एवं पुनःस्थापना कालका कागजपत्र, दस्तावेज पनि प्रदर्शनी गरिने जनाइएको छ ।