१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा काठमाडौँ क्षेत्र नं १ बाट पशुपति परिसरमा सफाइ -फोटो फिचर



अ+ अ-

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नं १ले पशुपति परिसर सर सफाई गरेको छ ।

शिवरात्रीको भोलीपल्ट राप्रपाले पशुपति क्षेत्र सफाई गरेको हो । राप्रपा बरिष्ठ उपाध्यक्ष रवीद्र मिश्र सहितका नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुले पशुपति परिसर सर सफाइ गर्नुभएको हो ।

सफाई अभियान बारे मिश्रले सामाजिक संञ्जालमा लेख्नुभएको छ –

सन्सारमा सबैभन्दा फोहोर धार्मिक स्थल हिन्दूहरूकै हुन्छ!

शिवरात्रीको भोलीपल्ट – आज – राप्रपा काठमाडौँ क्षेत्र नं १ ले पशुपति परिसरमा सफाइ कार्यक्रम राखेको थियो। त्यहाँ पुग्दा मनै काटियो। जात्राको भोलिपल्ट अलिअलि फोहोर जहाँ पनि हुन्छ। तर यी फोटोमा देखिएको स्तरको फोहोर लज्जाजनक थियो।

सन्सारका विभिन्न देशमा मस्जिद जानोस्, गुम्बा जानोस्, चर्च जानोस्, प्राय सबै अत्यन्त सफा हुन्छ। हिन्दूहरूको मन्दिर जानोस्, अधिकांश ठाऊँमा यस्तै फोहोर हुन्छ। आस्थाको केन्द्र यति विघ्न फोहोर गरेर ‘धर्म’को कुरा गर्न सुहाउँदैन।

मठमन्दिर कसरी सफा राख्ने भनेर सिक्न टाडा जानु पर्दैन। भारतकै ‘कयौँ’ प्रमूख हिन्दू धार्मिक स्थलहरू अत्यन्तै सफा हुन्छन्। उनीहरूले कसरी व्यवस्थापन गर्दा रहेछन्, त्यत्तिमात्र बुझे पनि पुग्छ।

पशुपति क्षेत्र विकास कोषलाई सल्लाह: अर्को पटकदेखि फोहोर व्यवस्थापनको विषय शिवरात्रीभन्दा पहिले नै सोच्नुहोस् र योजनावद्ध रूपबाट काम गर्नुहोस्। धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ।