२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुने प्रचण्डको दावी



अ+ अ-

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा अदालतको फैसलाको पूर्वानुमान गरेपछि एकाएक चर्चामा आएका थिए । 

मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गर्ने अदालतको फैसला आएपछि प्रधानमन्त्री ओलीले त्यसलाई ‘स्याल कराउनु र कुखुरो हराउनु’को संज्ञा दिएका थिए भने एमाले नेता महेश बस्नेतले ठोकुवा गरेर नै प्रचण्डले अनुमान लगाउनु र अदालतको उक्त फैसला आउनुमा सेटिङ रहेको समेत बताएका थिए । 

यसैबीच प्रचण्डले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने दावी गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका प्रचण्डले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्ने ठोकुवा गरेका हुन् । उनले सर्वोच्चको आदेशबाट प्रतिनिधिधिसभा पुनःस्थापना हुने र देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरे ।