२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुने प्रचण्डको दावी



अ+ अ-

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा अदालतको फैसलाको पूर्वानुमान गरेपछि एकाएक चर्चामा आएका थिए । 

मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गर्ने अदालतको फैसला आएपछि प्रधानमन्त्री ओलीले त्यसलाई ‘स्याल कराउनु र कुखुरो हराउनु’को संज्ञा दिएका थिए भने एमाले नेता महेश बस्नेतले ठोकुवा गरेर नै प्रचण्डले अनुमान लगाउनु र अदालतको उक्त फैसला आउनुमा सेटिङ रहेको समेत बताएका थिए । 

यसैबीच प्रचण्डले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने दावी गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका प्रचण्डले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्ने ठोकुवा गरेका हुन् । उनले सर्वोच्चको आदेशबाट प्रतिनिधिधिसभा पुनःस्थापना हुने र देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरे ।