२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक सुरू



अ+ अ-

काठमाडौं । नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ । 

हिजो (सोमबार) साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै आज फेरि बैठक बस्ने निर्णय गरेको थियो।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल रहेका छन् ।

यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन्।

जेठ ७ गतेदेखि बस्न नसकेको कार्यदलको बैठक अहिले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरू भएको हो।

आइतबार राती प्रधानमन्त्री ओली र उपाध्यक्ष भीम रावलबीच कुराकानी भएपछि कार्यदल ब्युँतिएको हो ।