२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अस्ट्रेलियाको तासमेनियाबाट नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्तिम सलाम

अस्ट्रेलियाको तासमेनियाबाट नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्तिम सलाम
अ अ+ अ-

होबार्ट । एन्टार्टिका महादेशबाट नजिकै पर्ने अष्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतीसँगै यो वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलावद्ध यात्राको समापन भएको छ ।

अष्ट्रेलियाका अन्य प्रान्तीय राजधानीहरुभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्वको १ सय ७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो । आफ्नो प्रिय ब्याण्ड नेपथ्यलाई दोश्रोपटक यस सहरमा पाएर रमाएका नेपालीहरुले अधिकांश गीतमा मञ्चका कलाकारलाई साथसाथै गाएर सघाएका थिए ।

अघिल्लो दिनमात्र एबीसी रेडियोको विहानी सत्रका वार्ताकार लियोन कम्पटनले नेपथ्यलाई ‘विश्व दर्शकमाझ नेपालको के पप ब्याण्ड जस्तै हो रु’ भनेर प्रश्न गरेका थिए । त्यतिबेला रेडियो अन्तवार्तामा उपस्थित ब्याण्ड व्यवस्थापक किरणकृष्ण श्रेष्ठले कोरियाली ब्याण्ड ‘के पप’ को उदय र उत्थानको बारेमा ब्याख्या गर्दै नेपथ्य त्यसभन्दा अलिक बेग्लै रहेको प्रष्ट पारेका थिए । नेपथ्यको आत्मा नेपाली लोक संगीतसँग मिलेको जानकारी दिँदै किरणले विश्वभर विस्तार हुँदैगरेको नेपाली समुदायले यस ब्याण्डको उपस्थितीलाई आफ्नो पहिचानको स्वाद मानेर रमाउने गरेको उल्लेख गरेका थिए ।

शुक्रबार स्थानीय समय अनुसार बेलुकीको ठीक साढे सात बजे हलका ढोका खुला गरिएको थियो भने ठीक नौ बजेदेखि कन्सर्ट सुरुभएको थियो । कार्यक्रममा अन्यत्रजस्तै ब्याण्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ बाट सुरुगरियो । त्यो गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तताइदिएपछि यो क्रम सिंगो कार्यक्रम अवधिभर जारी रहन पुग्यो ।

अढाइ लाख जनसंख्या पनि नभएको अष्ट्रेलियाकै यो सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय विस्तारै नेपाली संख्या बढ्न थालेको छ । यतिबेला यो प्रदेशमै अंग्रेजी पछि सबैभन्दा बढी बोलिने दोश्रो भाषा नै नेपाली बन्नपुगेको स्थानीय रेकर्डले दर्शाउँछ । केहि वर्षअघिसम्म दोश्रो बढी बोलिने भाषा चिनियाँ रहेकामा पछिल्लो समय भुटानी शरणार्थीहरुको समेत आप्रवासन गराइएपछि र नेपालबाटै आएका तन्नेरीहरु पनि बढ्दै गएपछि चिनियाँहरुभन्दा बढी नेपालीभाषी देखिएका हुन् ।
विशेषगरि अष्ट्रेलिया र फ्रान्सका नाविकहरुको निम्ति एन्टार्कटिका यात्रागर्दाको यो बिसौनीरुपी सहर प्रशान्त महासागरको गहिरो किनारासँग जोडिएको छ । ‘यति महत्वको स्थानमा यहाँ बोलिने दोश्रो भाषा नेपाली रहेको थाहा पाएर असाध्यै गौरव महशुस भएको छ,’ मुख्य गायक एवं ब्याण्डका अगुवा अमृत गुरुङले दर्शकसँग संवादगर्दै भनेका थिए, ‘भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततीसम्मै जोगाएर विस्तार गरौं है ।’

दोश्रो प्रस्तुतीका रुपमा ‘छेक्यो छेक्यो’ र त्यसपछि पनि क्रमशः ‘भेँडाको ऊन’ र ‘लामपाते सुरती’ हुँदै अघिबढेको कन्सर्ट अवधिभर नेपथ्यले उसका पुराना र नयाँ गीतहरु सुनाउँदै गएको थियो ।

कन्सर्ट हेर्नआउने दर्शकहरुमा विष्णु सापकोटा पनि थिए । द्वन्द्वकालमा नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर गाउँ आउँदा आफू केवल १२ वर्षको रहेको विष्णुले सम्झना गरे । ‘दुवैतर्फका हतियारधारीको चेपमा परेको गाउँले त्यतिबेला झेल्नुपरेको भयावह दिन सम्झँदा पनि डर लाग्छ,’ विष्णु भनिरहेका थिए, ‘त्यतिबेला नेपथ्यकै वलमा हामीले विद्यार्थी क्लब खोलेर स्कुल ब्यूँताउने प्रयास गरेका थियौं ।’ यसरी गाउने र मनोरञ्जन दिने मात्र नभएर देश र समाजलाई आइपर्दा जहिले पनि नेपथ्य अगाडि आएको सम्झना विष्णुले गरे ।
‘आज मजस्ता नेपालीहरु अष्ट्रेलियामा आएर आफ्नै व्यावसाय गरेर बसेका छौं,’ विष्णुले थपे, ‘अब नेपथ्यका लागि पनि केहि गर्ने हाम्रो दायित्व सम्झेका छौं ।’

विष्णुले शुक्रबारको कन्सर्टका बारेमा पनि प्रतिक्रिया ब्यक्त गरे । ‘गीत सँगसँगै अमृत दाइका अनुभवहरु सुन्दा जहिले पनि मनोरञ्जन मात्र नभएर गौरवबोध पनि महशुस हुन्छ,’ उनले भने, ‘यसपाला पनि नेपथ्यले तासमानियामा बसोबास गर्दैआएका हामीमाझ एकसाथ पर्वको माहोल र नेपालीपनको गौरवबोध गराएको छ ।’

आइतबारको कन्सर्टमा दर्शकहरुको हुलमै स्थानीय आयोजक साजन परियार पनि थिए । ‘हामीले कन्सर्टको आयोजनाको थालनी नै नेपथ्यबाट गर्न पाउनु आफैमा भब्य सुरुवात भएको छ,’ उनले भने, ‘नेपथ्यको साथमा धेरै कुरा सिक्ने मौका पनि पाएका छौं ।’

स्थानीय ‘रेडियो होबार्ट’की कार्यक्रम सञ्चालिका एलिजा पंगेनीले पहिलोपटक नेपथ्यको कन्सर्ट हेरेको र यो अनुभव नै गज्जबको भएको प्रतिक्रिया दिइन् । ‘एकातिर गीत संगीतले मञ्चका कलाकार र दर्शक यसरी एकाकार भएको देख्दा आश्चर्य लाग्दैथियो भने अर्कोतिर ब्याण्डले फैलाइरहेको मानवताको संदेश असाध्यै प्रभावकारी लाग्यो,’ उनले थपिन्, ‘सायद त्यसैले गर्दा पनि अलिक महँगो टिकट काटेर भए पनि यति धेरै दर्शकहरु नेपथ्यलाई हेर्न आएका रहेछन् भन्ने बुझ्न सजिलो भयो ।’

कन्सर्ट हेर्न आउनेमध्येमै रोयल होबार्ट हस्पिटलका मनोचिकित्सक डा. दिप मल्ल पनि थिए । ‘मानशिक स्वास्थ्यका निम्ति संगीत आफै पनि उपचारमा उपयोगी एउटा बलियो साधन हो,’ डा। मल्ल भनिरहेका थिए, ‘नेपालीहरुलाई संगीतका माध्यमबाट उनीहरुको मूल्य, मान्यता, संस्कृति र पहिचानको अनुभूति दिलाएर मनोरञ्जन गराउनु नेपथ्य कन्सर्टको उल्लेखनीय योगदान भएको मैले पाएँ ।’ विदेशमा आएर एक्लो महशुस गरिरहेका धेरै मानिसका लागि यस्तो जमघट असाध्यै उपयोगी हुने उनको निश्कर्ष थियो ।

कन्सर्टका बेला सँधैजस्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यसवर्ष जारी अष्ट्रेलिया यात्राका दौरान तासमानियाको यो कन्सर्ट श्रृंखलामध्येको आठौं प्रस्तुती थियो । यसअघि डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन् । दर्शक संख्यामा सदैव गुणात्मक वृद्धि देख्दैआएको सिड्नीमा यसपाला पाँच हजारभन्दा बढी दर्शक जुटाएर नेपथ्यले नयाँ मानक कायमगरेको छ ।
तासमानियामा अन्तिम प्रस्तुती सम्पन्न भएसँगै ब्याण्ड, प्राविधिक र व्यवस्थापनसहितको १३ सदस्यीय टोली यसै साता मेलबर्न हुँदै स्वदेश फर्कनेछ ।

तस्बिरहरु: सुजन अर्याल र शिबिर शाक्य र नेपालय