३० भाद्र २०८३, मंगलवार
,
Latest
बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण सुनचाँदीको मूल्य घट्यो जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघले मार्यो दुई गैँडा



फाईल फोटो
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन् । एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेका हुन् ।

बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको उहाँले बताउनुभयो । माउलाई भालेले आक्रमण गरेको हुनसक्ने आचार्यको भनाइ छ । ती गैँडाका खाग र खुर सुरक्षित रहेका छन् ।चालु आर्थिक वर्षमा २७ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरीशिकारीको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक र मानवीय त्रुटिका कारणले मरेका हुन् । रासस