२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा, भोलि यी रुटमा सवारी आवागमन निषेध



अ+ अ-

काठमाडौँ । यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । पशुपतिनाथ क्षेत्रमा आज शुक्रबारदेखि नै प्रहरी परिचालन हुनेछन् ।

महाशिवरात्रिलाई मध्यनजर गरेर सशस्त्र प्रहरीले समेत आफ्नो एक हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । यस वर्ष कसैलाई पनि मन्दिर प्रवेशको पास दिइएको छैन । यसैगरी पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजालगायत नशालु पदार्थ पूर्णरूपमा बेचबिखन र सेवनसमेतमा प्रतिबन्ध लगाइएको छ ।

दर्शनका क्रममा असहज भएका दर्शनार्थीका लागि ठाउँ–ठाउँमा प्रहरी हेल्फ डेस्क, एम्बुलेन्सलगायतको सेवाका लागि समेत टोली खटाइएको प्रहरीले जनाएको छ । भोलि शनिबार हुने महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा साधु–सन्तको घुइँचो बढेको छ । यस वर्ष शिवरात्रि मेलामा कम्तीमा पनि २० लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको र शान्ति सुरक्षा पनि बलियो बनाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।

शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ यस्तै सिफल चौरबाट जगबागेश्वरीतर्फ, लामापोखरी कुटुबालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगङ्गाबाट गौशलातर्फ सवारी आवागमन निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस