२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने काँग्रेस प्रमुख सचेतकको दाबी



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताउनु भयो । उहाँले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको बताउनु भयो । उहाँले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्तँ गठबन्धन स्थिर नरहेको बताउनु भयो ।

प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताउनु भयो । उहाँले नेकपा एमाले संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमालेको अत्यन्त ज्यादा अधैर्य र अस्थिर राजनीति देखिएको छ । उहाँहरु ज्यादै विचलित हुनुभएको छ । त्यसको कारण के हो मलाई थाहा छैन । उहाँहरुको विचलनले नै के देखाइरहेको छ भने अहिलेको सत्ता गठबन्धन स्थिर छैन भन्नेकुरा देखाइरहेको छ । राष्ट्रपतिका लागि हामी सकारात्मक र आशावादी छौँ । काँग्रेस सबैभन्दा ठूलो राजनीतिक दल हो । संसदमा हामी सबैभन्दा धेरै संख्यामा छौँ, सातै प्रदेशमा हामी सबैभन्दा ठूलो संख्यामा छौँ । सबै राजनीतिक दलहरु भन्दा बढी हाम्रो मतभार छ ।’

‘आजका दिनमा मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति छ । किनभने एमालेले त जुनसुकै बेला प्रतिनिधि सभा विघटन हुन्छ भनिसक्यो नि । जुनसुकै बेला संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टीले संविधानको रक्षा गर्दैन । यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी हुन्छ । राजनीति नयाँ कोर्षमा जाने स्थिति बन्दै गएको छ । यही हप्ता १० दिनमा । नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ ।’

प्रमुख सचेतक लेखकले काँग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको उल्लेख गर्नुभयो ।