१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्होत्से मल लुटपाट घटनाका थप एक आरोपी पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले नयाँ बसपार्कस्थित ल्होत्से मलमा गत सोमबार साँझ भएको लुटपाटमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले आरोपित नुवाकोट सूर्यगढी गाउँपालिका–४ बरपाटे स्थायी घर भई हाल नेपालटार बस्दै आएका २९ वर्षीय सरोज पौडेललाई बिहीबार बसपार्कबाट पक्राउ गरेको हो ।

पौडेलको साथबाट विभिन्न ब्रान्डका मोबाइल सेटसमेत बरामद गरिएको छ । पौडेललाई चोरीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार प्रहरी वृत्त महाराजगन्ज पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उक्त घटनामा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।