२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्होत्से मल लुटपाट घटनाका थप एक आरोपी पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले नयाँ बसपार्कस्थित ल्होत्से मलमा गत सोमबार साँझ भएको लुटपाटमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले आरोपित नुवाकोट सूर्यगढी गाउँपालिका–४ बरपाटे स्थायी घर भई हाल नेपालटार बस्दै आएका २९ वर्षीय सरोज पौडेललाई बिहीबार बसपार्कबाट पक्राउ गरेको हो ।

पौडेलको साथबाट विभिन्न ब्रान्डका मोबाइल सेटसमेत बरामद गरिएको छ । पौडेललाई चोरीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार प्रहरी वृत्त महाराजगन्ज पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उक्त घटनामा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।