२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल र दीपेन्द्रको दमदार प्रदर्शनमा स्कटल्याण्डविरुद्ध नेपालको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली नेपालले दोस्रो जित निकालेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो पटक स्कटल्याण्डविरुद्ध खेलेको नेपाललाई जित दिलाउन दिपेन्द्र सिंह ऐरीले ११६ बलमा ८५ रनसहित अविजित रहे । ऐरीले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले ६७ बलमा ८१ रन जोडे । उनले ९ चौका र ४ छक्का प्रहार गरे । सोमपाल कामी ३२ बलमा २४ रनसहित अविजित रहँदा गुल्शन झाले २८ बलमा १७ रन जोडे । यस्तै कुशल भुर्तेलले ८ बलमा १६ रनको योगदान दिए ।

स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले ३–३ विकेट लिए भने माइकल लिस्कको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७४ रन जोडेको थियो ।

स्कटल्याण्डका लागि माईकल लिस्कले सानदार शतक प्रहार गरे । माईकलले ८५ बलमा ३ चौका तथा ९ छक्काको सहयोगमा १ सय ७ रनको शतकीय ईनिङ खेले ।

यस्तै, नेपालविरुद्धको आजको खेलबाट डेब्यु गरेका ज्याक जार्किभले २६ रन जोडे । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ रन बनाए । टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाउदा कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए ।

नेपालले बलिङको लागि चार जना स्पिनर प्रयोग गरेको थियो । सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए । यस्तै, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

अब घरेलु टोली नेपालले भोलि शनिबार नामिबिया र मंगलबार स्कटल्याण्डसँग खेल्नेछ ।

स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा यथावत छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै, नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा रहँदा युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा रहेको छ भने पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोलीले सोझै ग्लोबलमा छनोट खेल्नेछन् भने बाँकी चार टोलीले प्लेअफ खेल्नेछन् ।




भर्खरै