१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

प्रचण्डले देउवालाई उठी उठी भने– हामी सरकारबाट बाहिरिन्छौँ

प्रचण्डले देउवालाई उठी उठी भने– हामी सरकारबाट बाहिरिन्छौँ
file
अ अ+ अ-

काठमाडौं । अन्ततः माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यो जानकारी गराएका हुन् । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसकेपछि आफूहरुले सरकार छाड्ने जानकारी प्रचण्डले दिएका हुन् ।

बुधबार माओवादी संसदीय दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेपछि सो बारेमा जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए । तर बालुवाटार स्रोतका अनुसार त्यतिबेला सबैकुरा मिडियाबाट थाहा पाइसकेका देउवा भने प्रचण्डसँग रिसाएका थिए । प्रधानमन्त्रीलाई भेट्न गएका प्रचण्डसँग कुरा गर्ने मुडमा प्रधानमन्त्री देउवा थिएनन् । बालुवाटार स्रोतले भन्यो– प्रचण्ड पुगेपछि देउवाले भनेका थिए– तपाईँको सबै कुरा मैले थाहा पाइसकेँ, अब आज संसद बैठक भए या नभए पनि भोलि भेटौँला, आजलाई यत्ति नै । सो मुडमा देउवालाई देखेपछि प्रचण्ड पनि त्यहाँ नबसी बाहिरिएका थिए ।

प्रचण्डले प्रधानमन्त्रीलाई उठी उठी भनेका थिए– मैले एमसीसीमा तपाईलाई साथ दिन सकिन । म पनि पार्टीभित्रै घेराबन्दीमा परेँ । त्यसैले हामी सरकारबाट बाहिरिन सक्छौँ । त्यसपछि देउवाले केही जवाफ दिएनन्, अनि प्रचण्ड फर्किएका थिए । सायद प्रचण्डको यही अभिव्यक्तिपछि नै बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी रोकिएको समाचार स्रोतले बतायो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने प्रधानमन्त्री देउवाको जोडबल थियो । पहिले प्रचण्ड र नेपालको साथ पाएपछि प्रधानमन्त्रीले सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसीलाई बुधबारको बैठकको एजेण्डा बनाउन दबाब दिएका थिए । बुधबार टेबल गर्ने र बिहीबार बैठक राखेर सत्तारुढ माओवादी र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुँदा प्रमुख विपक्षी एमालेका सांसदहरुको नाराबाजीकै बीच एमसीसी अनुमोदन गर्ने उनको योजना थियो । तर संसद आजै बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकपछि यस्तो निर्णय आउन सकेन ।

माओवादीले संसद अवरुद्ध भएको बेला एमसीसी टेबल गर्न नहुने मात्र बताएन, जबरजस्ती गरिए विपक्षमा मत दिने बतायो । त्यो निर्णय गर्न प्रचण्ड पनि बाध्य भए । यसैकारणले प्रचण्ड सत्ताबाट बाहिरिने निर्णयमा पुग्न बाध्य भएका बताइएको छ । सम्भवत माओवादीले भोलि नै सरकारबाट बाहिरिने निर्णय गर्न सक्नेछ ।