६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ बनाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री(भिडियोसहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान को तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले वर्तमान सरकार संविधानमा व्यवस्था भएबमोजिमका ऐनहरू तर्जुमा गरी स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो “२०७२ सालमा जारी नेपालको नयाँ संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रूपमा प्रत्याभूत गर्दै समाजवादउन्मुख स्वास्थ्यको संकल्प गरेको छ त्यो पुरा गर्न सरकार प्रतिबद्ध छ। ‘

संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ्य सम्बन्धि हकको व्यवहारिक अभ्यासका निम्ति कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीगत प्रबन्ध र सुधार आवश्यक रहेको प्रधानमन्त्रीले बताउनु भयो ।