५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा भन्सारका अधिकृत केसी बिरूद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौंः रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले निज केसीले आफू सरकारी सेवामा रहँदा गरेको आम्दानी भन्दा बढी खर्च भएको र त्यसको वैधानिक स्रोत पुष्टी हुन नसकेको जनाएको छ । अनुसन्धानमा केसीले २०४३ सालदेखि २०७८ सम्मको जागिरको अवधिमा कूल रु. ३ करोड ५१ लाख १६ हजार आम्दानी गरेका भएपनि रु. ५ करोड ६१ लाख २६ हजार खर्च भएको देखिएको थियो ।

आयोगले निज केसीले पुष्टी हुन नसकेको रु. २ करोड १० लाख १० हजार बढी गैरकानुनी रुपमा आर्जन भएको र त्यसको आय पुष्टी हुन नसकेको जनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको पनि आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताउनु भएको छ ।

आयोगले अधिकृत केसीले जाँच अवधिमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति निजको नाममा रहेको बैङ्कमा मौज्दात रकम र श्रीमती सुसिला पण्डितको नाममा हाल कायम रहेको आंशिक श्रोत नपुगेको हिस्साको र जाँच अवधि पछि खरिद गरेका सम्पत्तिबाट समेत साविक भ्रष्टाचार निवारण ऐन बमोजिम जफत र असुल उपर गर्न मागदाबी गरेको छ ।