८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासमा साक्षी बन्दै पसगाउँमा ढुङ्गाको छानो



अ+ अ-

लमजुङ । कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुङ्गाले कुँदेर घरमा छानो हाल्ने । कतिले खरको छानो छाउने गरेका थिए । गाउँ–गाउँका मात्र नभइ सहर बजारका घरमा समेत ढुङ्गा तथा खरले छाना छाइन्थ्यो ।

पछिल्लो समयमा भने ढुङ्गा तथा खरको छानो विस्तापित गर्दै गाउँघरमै जस्ता पाता र ढलानसमेत गर्ने क्रम बढ्दै जाँदा बाँकी रहेको ढुङ्गाका घर र छानासमेत लोप हुन थालेको छ ।समुद्र सतहदेखि एक हजार छ सय ५० मिटर उचाइमा रहेको क्व्होलासोथर गाउँपालिका–६ पसगाउँवासीले भने परम्परालाई अझै संरक्षण गरेर राखेका छन् ।

यहाँको एक सय ५३ घरधुरीमध्ये एक सय ४० घरधुरीको छाना ढुङ्गाबाटै छाइएकोे छ । लोपहुँदै गएको ढुङ्गाका घर यसरी संरक्षण गरेर राख्दा भावी पुस्ता तथा इतिहासका लागि यो गाउँ साक्षी बन्ने भएको छ । स्थानीयवासी बलराम गुरुङ भन्नुहुन्छ, “हामीले गाउँमा सचेतना फैलाउँदै भत्किएका ढुङ्गाका छानासमेत मर्मत गरेर संरक्षण गर्दै आएका छौँ ।” गाउँगाउँमा सुविधायुक्त घर निर्माण हुँदै गए पनि यस गाउँवासीले भने परम्परा संरक्षणका लागि आधुनिक घर निर्माण नगर्ने भएका छन् ।

यसबाट पछिल्लो पुस्ताले समेत यस्ता मौलिक परम्परागत घर देख्दा पुर्खाको सम्पत्ति ठान्ने र उनीहरुलाई यस्ता घर संरक्षण गर्न प्रेरणा मिल्ने सोही ठाउँ निवासी चन्द्रप्रसाद गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“गाउँमा आउने पाहुँना तथा पर्यटकले गाउँका घरहरुसँग सेल्फि खिच्ने, फोटो खिच्ने, टिकटक बनाउने र रमाउने गर्दछन् । गाउँमै ढुङ्गा खानी रहेको र सोही स्थानबाट आवश्यक ढुङ्गा ल्याउने गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ भन्नुहुन्छ, “गाउँपालिकाभर नै छिटफुट ढङ्गाका घर त छन् तर पस गाउँका अधिकांश बासिन्दाको घर ढुङ्गाबाटै निर्माण गरिएको छ । परम्परागत यस्ता घर संरक्षण गर्न गाउँपालिका अघि बढ्न थालेको उहाँको भनाइ छ । अब निर्माण हुने घरमध्ये आर्थिक अवस्था कमजोर भएकालाई ढुङ्गाको घर निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष गुरुङ जानकारी दिनुहुन्छ । हामीले खरको छानोमुक्त पालिका अभियान सञ्चालन गरेर खरमुक्त पालिका बनाउन लागेका छौँ, करिब करिब खरमुक्त पालिका भइसकेको छ ।

“खरका कारण आगलागी हुनेदेखि व्यक्ति तथा परिवारको सुरक्षा नहुनाका साथै खर पाउन मुस्किल हुन थालेकाले हामीले त्यस अभियानलाई अघि बढायौँ पालिका प्रमुख गुरुङ बताउनुहुन्छ । ढुङ्गाको घर तथा छानो बलियो रहेको र जस्तापाताको छानो तीन चार पटक फेर्दा पनि ढुङ्गाको छानो एक पटक पनि फेर्न नपर्ने हुन्छ । साथै जाडोमा न्यानो, गर्मीमा सित्तल हुने, आगलागीलगायत घटना कम हुने भएकाले परिवार सुरक्षित हुने उहाँको भनाइ छ । यसबाट पर्यटक आकर्षित गराउन मदत पुग्ने र समृद्ध पालिकाका लागि त्यस्ता घरहरुले टेवा पु¥याउने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।

यस गाउँमा २१ घरमा घरवास ९होमस्टे० सञ्चालन गरिएको छ । यहाँबाट लमजुङ हिमाल, अन्नपूर्णलगायत हिमालय पर्वत शृङ्खला देख्न सकिन्छ । गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, घाटु नाचजस्ता लोपोन्मुख नृत्यका लागि समेत पसगाउँ परिचित छ । रासस




भर्खरै