२२ मंसिर २०८२, सोमबार
,
Latest
सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २१.१५ अंकले गिरावट,चार दिनमा ११२.२२ अंकले घट्यो



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिकपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको ४ कारोबारमा नेप्से परिसूचक ११२.२२ अंक घटेको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१.१५ अंक घटेर २०७०.४१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंकले घटेको छ ।

बिहीवार कारोबारमा आएका २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता शेयर १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा बिहीवार नेप्से कारोबार रकम पनि गिरावट आएको छ । बुधवार १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको थियो ।

बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

बिहीवार नेप्से परिसूचकमा गिरावट आएपनि सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ७.६५ प्रतिशत बढेको छ । त्यस्तै,राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य ५.२३ प्रतिशत बढेको छ । तर यता, युनिलिभर नेपालको शेयरमूल्य ५.९१ प्रतिशत घटेको छ । बिहीवारको कारोबारमा हिमालयन डिस्टिलरी कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।