• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

आइएमई पे अब सजिलै ट्राफिक फाइन तिर्ने मिल्ने



काठमाडौँ । आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ ।

ग्राहकवर्गहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नुहुन्छ ।

ग्राहकवर्गहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो । ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सक्नुहुन्छ ।