२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटे(भिडियोसहित)



अ+ अ-

काठमाडौं । सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटेर आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् ।

बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका हुन् ।

भेटमा आयोगका अध्यक्षहरुले आ–आफ्नो आयोगमा भएका समस्याहरु प्रधानमन्त्री समक्ष राखेका छन् । भेटपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरुले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्युन भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्री समक्ष राखेको बताउनु भयो । उहाँले आयोगहरुमा स्रोत, साधन र कर्मचारीको दरबन्दीको थप गर्न माग गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘७ वटै आयोगका अध्यक्षहरु महिला, दलित, समावेशी, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम सातवटै आयोगका अध्यक्षहरु सँग सम्माननीय प्रधानमन्त्री समक्ष भेट गरी उहाँलाई हामीले शुभकामना, बधाई सँगसँगै जुन आयोगका समस्याहरु छन् । संवैधानिक आयोगको रुपमा समुदायका आयोगहरु जुन २०७२ सालको संविधानले दिएको तर अत्यन्त अधिकारबिहीन र स्रोत, साधनको अवस्था अत्यन्त न्युन भएको कारणले ति सबै समस्याहरु हामीले प्रधानमन्त्रीज्यु समक्ष राख्यौँ । हाम्रो कर्मचारीको दरबन्दीको कुरा छ । समुदायको उत्थान र विकासको जुन उद्देश्यले आयोगहरु गठन गरिएको छ त्यसको लागि पर्याप्त स्रोत, साधन, कर्मचारीको दरबन्दीदेखि लिएर हरेक कुराको व्यवस्थापन हुनुपर्ने तर त्यो एकदमै न्युन भएको कारणले हामीले आ–आफ्ना आयोगका समस्याहरु प्रधानमन्त्री समक्ष राख्यौँ ।’

आयोगका अध्यक्षहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरुलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिवद्धता गर्नुभएको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताउनु भयो ।