• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

भण्डारीलाई लगियो मुम्बई(भिडियोसहित)



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीलाई थप उपचारका निम्ति भारतको मुम्बई लगिएको छ ।

उहाँलाई श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको नेसनल बर्न सेन्टरतर्फ लगिएको हो । बुधबार राति ग्यास सिलिन्डर विष्फोटमा परी गम्भीर घाइते हुनुभएका भण्डारीलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । थप उपचार गर्नुपर्ने भएकाले उहाँलाई मुम्बई लगिएको हो ।

एयर एम्बुलेन्समार्फत मुम्बईतर्फ प्रस्थान गर्नुभएका भण्डारीसँगै नर्भिक अस्पतालका चिकित्सकीय टोली पनि रहेको छ । भण्डारीको श्वास नलीमा जलनले असर सुन्निन सक्ने जोखिम भएको हुँदा श्वास नलीमा पाइप राखी (ईन्टुबेसन गरी) अक्सिज दिँदै मुम्बई लगिएको हो ।

ग्यास सिलिन्डर विष्फोटबाट सँगै घाइते हुनुभएकी उहाँकी आमा हरिकलाको निधन भएको छ ।