• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

यसरी लगिँदैछ भण्डारीलाई मुम्बई



काठमाडौँ । ग्यास सिलिन्डर विष्फोट भई गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिँदैछ ।

पूर्वस्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीका अनुसार भण्डारीको श्वास नलीमा जलनले असर सुन्निन सक्ने जोखिम भएको हुँदा श्वास नलीमा पाइप राखी (ईन्टुबेसन गरी) अक्सिज दिँदै एयर एम्बुलेन्समार्फत मुम्बई लगिनेछ ।

उहाँले नर्भिक अस्पतालका चिकित्सकीय टिमसहित मुम्बई रिफर गर्ने तयारी भइरहेको भन्दै मुम्बईको नेसनल बर्न सेन्टर अस्पताल र चिकित्सकीय टिमसँग आफूहरु पनि सम्पर्कमा रहने जानकारी दिनुभयो ।

यसअघि डा कार्कीले भण्डारीलाई किर्तिपुर बर्न अस्पतालमा भेटेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ, “उहाँको स्वास्थ्य अवस्था बुझी उहाँसँग पनि प्रत्यक्ष थोरै कुराकानी गरेर आएको छु । दुबै हात खुट्टा र अनुहार गरी शरीरमा ३० प्रतिशत जति जलन भएको । मैले भेट्दा सम्म हाई फ्लो अक्सिजनमा रहि कठिनाइका साथ बोल्न चाहिँ सकिरहनुभएको छ ।