१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

स्वार्थको द्वन्द्व व्यवस्थापनमा प्रतिनिधि सभा नियमावली मौन

स्वार्थको द्वन्द्व व्यवस्थापनमा प्रतिनिधि सभा नियमावली मौन
अ अ+ अ-

काठमाडौं । संसदमा हुने स्वार्थको द्वन्द्व व्यवस्थापन सम्बन्धी प्रावधान बिना नै प्रतिनधि सभा नियमावलीलाई अन्तिम टुंगो लगाइने भएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानले ३ बर्ष अगाडि संघीय संसदमा स्वार्थको द्वन्द्व व्यवस्थापनको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने र त्यससम्बन्धी व्यवस्था संघीय संसद सञ्चालन नियमावलीमा नै राख्नुपर्ने सुझाव सहितको प्रतिवेदन संसदलाई बुझाएको थियो । संसदको मर्यादा र गरिमा बचाउँदै प्रभावकारी बनाउनका लागि गर्नुपर्ने सुधार समेटिएको सो प्रतिवेदन पुस्तकालयमा थन्किएको छ ।

सो प्रतिवेदनका सम्बन्धमा अधिकांश नयाँ सांसद जानकार छैनन् । जानकारी राखेका पुराना सांसदहरु पनि स्वार्थको द्वन्द्व व्यवस्थापन गर्ने विषयलाई महत्वपूर्ण मुद्दाको रुपमा अघि ल्याउने सक्रियतामा छैनन् । जसले गर्दा बनिरहेको नियमावलीमा सांसदहरुको स्वार्थको द्वन्द्व व्यवस्थापनका लागि स्पष्ट व्यवस्था गर्न सकेका छैनन् । न्युज एजेन्सी नेपालसँग बुधवार कुराकानी गर्दे नियमावली मस्यौदा समितिका सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले स्वार्थको द्वन्द्वको स्पष्ट परिभाषा नै नभएकाले पहिला स्वार्थको द्वन्द्व के हो ? भन्ने बारे प्रष्ट पार्नुपर्ने तर्क गर्नुभयो । सांसदहरुको पृष्ठभुमिको आधारमा सम्बन्धित समितिमा बस्न नहुने भन्दैमा स्वार्थको द्वन्द्व व्यवस्थापन नहुने उहाँको तर्क छ । प्रश्तावित नियमावली मस्यौदामा स्वार्थ मिल्ने सांसदहरुलाई सम्बन्धित समितिमा नराख्ने भन्ने कुरामा मात्रै उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “स्वार्थ बाझिने माननीयलाई समितिमा संलग्न गराउन हुन्न भन्ने कुरा उठिरहेको छ । तर स्वार्थ बाझिने विषय के हुन् भन्ने कुरालाई राम्रोसँग परिभाषित गरिनुपर्छ । कुनै पेशा वा व्यवसायबाट संसद पुगेको छ भने त्यो व्यवसायसँग सम्बन्धित विषयमा बोल्नै नपाउने, हेर्नै नपाउने भन्ने त होइन हो । सम्बन्धित माननीयको प्रत्यक्ष स्वार्थ जोडिएको छ र प्रभाव सहितको फाइदा लिने विषय भए स्वार्थ बाझिएको हुनुप¥यो । म त्यही ढंगले मस्यौदा समितिमा प्रश्ताव गर्छु । त्यसै गर्नुपर्छ भन्ने मलाई लागेको छ । ”

नीति अनुसन्धान प्रतिष्ठानले गरेको ‘संघीय संसदमा स्वार्थको द्वन्द्व’ सम्बन्धी अध्ययनका अनुसन्धानकर्ता किरण चापागााँईले संसदमा स्वार्थको द्वन्द्व व्यवस्थापनलाई सांसदहरुको आचरणसँंग मात्रै नजोडि शुसासनको दृष्टिकोणबाट हेरिनुपर्ने बताउनु भयो । संसदमा सांसदहरुको पृष्ठभुमि र चासोका कारण उत्पन्न हुनसक्ने स्वार्थको द्वन्द्वको प्रभावकारी व्यवस्थापन नगर्दा भईरहेका स्वार्थकेन्द्रित नीतिगत हस्तक्षेप तथा निर्णयले सार्वजनिक जनजीविकामा नकारात्मक प्रभाव पार्ने बताउनु भयो । उहाँले स्वार्थको द्वन्द्वमा प्रभावित भएर निर्णय गर्दा त्यस्ता निर्णयहरु निष्पक्ष र सार्वजनिक हीतको पक्षमा नहुने भएकाले संसदले गरेका काम कारबाहीप्रति जनविश्वास गुम्दै जाने खतरा औंल्याउनु भयो । संसदलाई प्रभावकारी, मर्यादित र विश्वसनिय बनाउनका लागि संसदमा हुनसक्ने स्वार्थकेन्द्रित द्वन्द्व व्यवस्थापन गरिनुपर्ने तर्क उहाँले गर्नुभयो ।

प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलि भनेको प्रभावकारी संसदको ‘गेटभल्ब’को रुपमा रहेकाले नियमावलिमा नै स्वार्थकेन्द्रित द्वन्द्वको स्पष्ट व्यवस्था र प्रावधान राखिनुपर्ने धारणा उहाँको थियो । उहाँले सांसदहरुको विदेश भ्रमण र परामर्शकार्यमा संलग्नताको नियमन, सम्पती विवरण सार्वजनिक, रुची वा चासोको विषय, उपहार तथा सम्मान लिने लगायत बारे नियमावलीमा नै स्पष्ट व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो “सांसदहरुको स्पोन्सर ट्राभलको व्यवस्थापन गरिनुपर्छ । यसले संभावित स्वार्थको द्वन्द्वलाई निम्त्याउँछ । अन्य देशहरुमा स्पोन्सर ट्राभलको सन्दर्भमा पारदर्शीता अपनाईन्छ । भारतमा सांसदहरुले विदेश भ्रमण गर्दा गृहसचिवको स्वीकृति चाहिन्छ । भ्रमणको स्पोन्सर, उद्देश्य,लागत लगायत सबै विवरण खुलाएर जानकारी गराईनुपर्छ । सांसदहरुको वाह्य गतिविधिमा पनि नियन्त्रण गरिनुपर्छ । परामर्शदाताको रुपमा काम गर्न पाउने÷नपाउने, शुल्क लिने/नलिने लगायतका विषयमा पनि स्पष्ट व्यवस्था गरिनुपर्छ । बाहिरी देशहरुको अभ्यास हेर्ने हो भने सांसदहरुले फ्रि–टिकेट, फ्रि–लञ्च, फ्रि–ट्राभल गर्न पनि मिल्दैन । यसले स्वार्थको द्वन्द्वलाई निम्त्याउँछ ।

सबैभन्दा ठूलो कुरा ईन्ट्रेस्ट डिक्लेरेसन’ गर्ने चलन छैन । सांसदले आफ्नो मात्रै नभएर परिवारको कहाँ कहाँ ईन्ट्रेस्ट छ भनेर डिक्लेरेसन गर्ने अन्तराष्ट्रिय अभ्यास छ । भारतमै हेर्ने हो भने पनि इन्टे«स्ट डिक्लेरेसन गर्नुपर्छ । त्यसैगरी अमेरिका, बेलायत, क्यानडा लगायत विकसित मुलुकहरुमा पनि पनि इन्टे«स्ट डिक्लेरेसन गर्नुपर्छ । त्यसको जानकारी सर्वसाधरणले समेत प्राप्त गर्न सक्छन् ।

त्यसैगरी उपहार, पुरस्कार र सम्मानका सम्बन्धमा पनि कति मूल्यसम्मको लिन मिल्ने भनेर स्पष्ट व्यवस्था गरिएको हुन्छ । यदी मंहगाा उपहारहरु भयो भने त्यसको डिक्लेरेसन गरिनुपर्छ । यसबारे पनि हामीले नियमावलिमा नै व्यवस्था गर्नुपर्छ । साथै यदी संविधानले परिकल्पना गरेको सुशासन कायम गराउने हो भने अन्तर्राष्ट्रिय अभ्यासका आधारमा स्वार्थको द्वन्द्व लाई सांसदहरुको आचरणको रुपमा नभई भ्रष्टाचारको रुपबाट संसदको नियमावलीमा नै परिभाषित गरिनुपर्छ । ”

प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिको बैठकमा संसदमा स्वार्थको द्वन्द्वका सम्बन्धमा छलफल भएपनि विषयगत समितिमा पृष्ठभूमि मिलेका सांसदलाई नराख्ने बाहेक अन्य विषयमा कुनैपनि व्यवस्था गरिएको छैन । तर अधिकांश सांसदहरुले स्वार्थको द्वन्द्वको स्पष्ट परिभाषा गरेर सोही अनुसारको व्यवस्था नियमावलीमा गर्नुपर्ने धारणा राख्दै आएका छन् ।