२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मन सरकारबाट १५ लाख डोज भ्याक्सिन स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण



अ+ अ-

काठमाडौं । जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन नेपाल सरकारलाई प्रदान गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा नेपालका लागि जर्मनी राजदुत डा। थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी लाई खोप हस्तान्तरण गरेका हुन् ।

राजदुत डा। प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए । उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्तखोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताए ।

मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा जेष्ठनागरीकमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी जेष्ठ नागरिकलाई प्राथमिकता दिन्छौं,’ मन्त्री गिरीले भने । मन्त्री गिरीले भूकम्पको बेला जर्मनीले गरेको सहयोगको खुलेर प्रशंसा गरे ।

२०७२ सालको विनासकारी भूकम्पको समयमा जर्मनीले स्वास्थ्य पूर्वाधार र अन्य प्राविधिक सहायताको क्षेत्रमा सहयोग गरेको थियो । त्यस्तै कोभिड–१९ को महामारीमा समेत जर्मन सरकारले स्वास्थ्य सामाग्री, भ्याक्सिन र आर्थिक सहायता प्रदान गरेको थियो ।

सन् १९५८ देखि नेपाल र जर्मनीबीच कुटनीतिक सम्बन्ध कायम भएको हो , यो सम्बन्धले ६५ वर्ष पुरा गरिसकेको छ ।