• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

मापसे गरी झगडा गरेको आरोपमा कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा



काठमाडौँ । ‘म्याकुरी’ नामबाट परिचित कलाकार पवन खतिवडालाई प्रहरीले मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनीसहि दुई जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको हो ।

स्थानीयले प्रहरीलाई होटलबाट बाहिर निस्किएर झगडा गरेको खबर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर खगेन्द्र धमलाले जानकारी दिएका छन् ।

पिडित पक्ष ईलाकामा आएर सहमति नगरेसम्म खतिवडा प्रहरी नियन्त्रणमा रहने प्रहरीले जनाएको छ । पिडितलाई उपचारका लागि अस्पताल लगिएको छ ।