२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.82

Wind: 1.54

Humidity: 41

Latest
सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना फोहोरी राजनीतिको अङ्ग बन्न क्रियाशिल भएका होइनौँः महामन्त्री थापा आजदेखि टियूको ट्रान्सक्रिप्ट आवेदन अनलाइन मार्फत दिन मिल्ने अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते मिथिलासहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदै सरकारले गति लिन सकेनः महामन्त्री थापा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुन: स्थगित गरिएकोमा अखिल नेपाल खेलकुद महासंघको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनमा कांग्रेसले ढोक्सा थाप्छ: प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनमा कांग्रेस ढोक्सा थाप्न तयार रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले भन्नुभयो, “राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।”

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेला नेपाली कांग्रेसले पक्षमा मत दिँदा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो भने कांग्रेसको ढोक्सामा माछा नपर्ने बताउनुभएको थियो ।

अहिले रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको उल्लेख गर्दै सांसद पौडेलले भन्नुभयो, “यहाँ राष्ट्रपति चाहिएको होइन । रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता प¥यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ ।”

उहाँका अनुसार मुलुकको अभिभावक, संविधानको संरक्षण गर्नसक्ने राष्ट्रपति मुलुकलाई चाहिएको र यसका लागि कांग्रेसले प्रयास पनि गरिरहेको छ ।

सांसद पौडेलले नेपाली कांग्रेस स्थिरताको पक्षमा रहेको र गठबन्धन भत्कियोस् भन्ने चाहना नभएको उल्लेख गर्दै भन्नुभयो, “तर, सुरदपश्चिममा गठबन्धनमा भत्कियो । यो कांग्रेसका कारणले भत्किएको हो कि जगैदेखि हल्लिएर भत्किएको हो हामी प्रश्न गर्न चाहन्छौँ ।”

सात दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अचेल चार दलका मात्र नेता देखिन थालेको भन्दै उहाँले बाँकी कता जानुभयो भनी प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको बारे प्रश्न गर्दै भन्नुभयो, “रास्वपा किन सरकारबाट बाहिरियो ? कांग्रेसले बाला देखाएर ?, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा किन गएन ? कांग्रेसले ढोक्सा थापेर ? ”