१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

महाशिवरात्रीको अवसरमा शान्ति पदयात्रा गर्ने ॐकार शक्ति नेपालको घोषणा

महाशिवरात्रीको अवसरमा शान्ति पदयात्रा गर्ने ॐकार शक्ति नेपालको घोषणा
अ अ+ अ-

काठमाडौँ । ॐकार शक्ति नेपालले महाशिवरात्रीको अवसरमा शान्ति पदयात्रा गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी ॐकार शक्ति नेपालले आगामी फागुन ८ गते शिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्रा कार्यक्रम तय गरिएको जानकारी गराएको हो ।

सनातन धर्मका विषयमा विभिन्न प्रकारका शंका/उपशंका पैदा भएले त्यसको निराकरणका लागि त्रिशुलसहितको धार्मिक पदयात्रा तय गरिएको आयोजक संस्थाले जनाएको छ ।

‘धर्मो रक्षति, रक्षितः’ को मूल मर्मलाई आत्मसात् गर्दै धर्मको रक्षाबिना कसैको पनि संरक्षण र सुरक्षा सम्भव छैन भन्ने सोच र भावनाको विकास गर्दै सबैलाई यसप्रति अभिप्रेरित गराउने पवित्र उद्देश्यको साथ आगामी २०७९ सालको पावन पर्व शिवरात्रीको अवसरमा पहिलोपटक ऐतिहासिक रुपमै १००८ त्रिशुलसहितको शान्ति पदयात्रा–२०७९ यही फागुन ८ गते गर्न लागिएको हो । जसले समस्त् सनातन धर्मालम्बीहरुलाई ॐ को सास्वत शक्तिभित्र एकशुत्रमा बाँधेर धर्म र राष्ट्रको संरक्षण तथा विकासमा अभिप्रेरित हुन प्रेरित गर्नेछ । यो शान्तिपूर्ण पदयात्रा शान्ति क्षेत्र नेपाल निर्णयार्थ कोशेढुंगाको रुपमा सावित हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै धर्मगुरु व्यास आचार्य किशोरकुमार गौतमले शिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्राले भगवान पशुपतिनाथलाई परिक्रमा गर्ने बताए । देशको शान्ति, सुरक्षा र सुखको लागि आफूहरुले भगवान पशुपतिनाथलाई त्रिशुल पदयात्राले परिक्रमा गर्न लागेको उनको दाबी छ ।

‘हाम्रो पहिचान खोज्ने हो भने हाम्रो धर्म, संस्कार, संस्कृति र नेपाली कूल परम्परालाई जोगाउनुपर्छ । आज देश हाम्रा अग्रज नेताले कता लगिरहेको छन् ? हामी कहाँ पुग्दैछौं ? अब हामीले धार्मिक कार्यक्रमलाई विशेष प्राथमिकता दिन आवश्यक छ,’ उनले भने । विश्व हिन्दु युवासंघका राष्ट्रिय अध्यक्ष ऋषिकेशजंग शाहले यसपटकको शिवरात्री शप्ताहव्यापी रुपमा मनाउने तयारी रहेको जानकारी गराए ।

‘नेपाललाई विश्व गुरु राष्ट्रको भूमिकामा स्थापित गराउने अभियान आजबाट सुरु भएको छ । यो कसैको पनि विपक्षमा छैन । यहाँभित्र रहेको कांग्रेस, एमाले, माओवादी, राप्रपा अन्य कुनै दल यो कसैको पनि विरुद्धमा छैन । यो हामी सबैको साझा दायित्व हो । यो विश्व शान्तिको लागि हो । नेपाललाई विश्व गुरु राष्ट्रको रुपमा स्थापित गराउन यो कार्यक्रमको आयोजना गरिएको छ,’ उनले भने ।

नेपालको हिन्दु राष्ट्रको पहिचान मेटाएकोप्रति उनले दुःख व्यक्त गरे । हिन्दुराष्ट्रलाई पुनःस्थापित गराउन त्रिशुल पदयात्राको महत्व रहेको उनले बताए । कार्यक्रमका अर्का वक्ता सनातन हिन्दु राष्ट्रका अभियन्ता एवं साहित्यकार ऋषबदेव घिमिरेले त्रिशुल पदयात्रा कार्यक्रमले नेपालले विश्वलाई नेतृत्व गर्छ भन्ने सन्देश प्रवाह गर्ने बताए । धर्मले मानिसलाई कहिले पनि नाश नगर्ने उनको दाबी छ । अहिलेको पुस्ताले धर्म र संस्कार सम्बन्धी धेरै कुरा बिर्सिएको भन्दै उनले त्यसलाई जगाउनका लागि ॐकार शक्ति नेपाल प्रत्येक घरघरमा सन्देश प्रवाहका गर्दै पुग्नुपर्ने उनले बताए ।

‘हामीले धेरै कुराहरु बिर्सेका छौं । उपनिषद्का कुरा बिर्सेका छौं, धर्मशुत्रहरु बिर्सेका छौं । स्मृति र संहिताका कुराहरु विर्सेका छौं । अब राज्य सञ्चालन गर्ने संयन्त्रमा बस्नेहरुको लागि यो संहिता वेदमै थियो भन्ने सन्देशका लागि यो अभियान जरुरी छ,’ उनले भने ।

त्यसैगरी, धार्मिक अभियन्ता एवं कृषि विज्ञ पुष्पराज सापकोटाले उपनिवेशवादी राष्ट्रले कुनै पनि देशमा आक्रमणका लागि पहिला शिक्षामा आक्रमण गर्ने गरेको बताए । शिक्षाको फल स्वरुप नयाँ र पुरानो शिक्षाबीच द्धन्द्ध सुरु भएको उनले बताए । सांस्कृतिक शिक्षामा बन्देज लगाएर नैतिक शिक्षाको अन्त्य भएको उनको दाबी छ । साथै, अहिले धर्मनिरपेक्षताको नाममा देशमा विकृति बढेको उनले आरोप लगाए । उपनिवेशवादी राष्ट्रहरुले धर्म, शिक्षा, राजनीतिमा आफ्नो प्रभुत्व जमाइरहेको सापकोटाको बुझाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. शास्त्रदत्त पन्तले ॐकार शक्ति नेपालले सुरु गरेको अभियान अहिलेको आवश्यकता भएको बताए । उनले यस अभियानमा सबैले साथ दिन पनि आग्रह गरेका छन् । ॐकार शक्ति नेपालका प्रमुख एवं कार्यक्रमका सभापति दिनेश कँडेलले त्रिशुल पदयात्रा धर्मरक्षा र राष्ट्ररक्षाका निमित्त भएको बताएका छन् ।

‘यो ऐतिहासिक त्रिशुल पदयात्रा धर्म रक्षा र राष्ट्र रक्षाका निमित्त एउटा एतिहासिक कार्यक्रममा हामी भाग लिँदैछौं । मुलुक अत्यन्त गम्भीर संकटका रुपमा रहेको छ । आज तपाइं÷ हाम्रो धर्म, संस्कृति, रीतिरिवाजमा प्रहार गरियो,’ उनले भने । त्रिशुल पदयात्राले सबै निराश नेपालीलाई माथि उठाउने उनको भनाइ छ ।

कार्यक्रममा धार्मिक अभियन्ता गोविन्दप्रसाद देवकोटा, स्वामी माधव आनन्द, सामाजिक अभियन्ता तारा बराललगायतको उपस्थिति थियो ।