९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एससीटी र राष्ट्रिय वाणिज्य बैंकवीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड( SCT) तथा ‘क’ वर्गको वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच एससीटी युपीआइ (SCT-UPI) डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआइ (SCT-UPI_) डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआइ (SCT-UPI_) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श (ATM, POS, e-commerce) जस्ता सेवा सजिलै लिन सक्ने छन ।