• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ ★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

भारतको कर्मचारी आउँदा किन लम्पसार परेको ? – चित्रबहादुर केसी



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले देश सानो ठूलो भए पनि सार्वभौमसत्ताको हिसाबले नेपाल भारत बराबर रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबार जारी बैठकमा उहाँले तर भारतका कर्मचारी नेपाल आउँदा उच्च राजनीतिक तहको भेटघाट हुन अशोभनीय रहेको बताउनुभयो ।

अध्यक्ष केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालको भ्रमण गर्दा उच्च राजनीतिक तहबाट भएको भेटलाई अशोभनीय रहेको बताउनुभएको हो ।

नेपालबाट पूर्वप्रधानमन्त्रीहरु अथवा जिम्मेबार मन्त्रीहरु भारत जाँदा भारतीय शासकहरुलाई भेट्नै नसक्ने र निराश भएर फर्किनुपर्छ भन्दै उहाँले भन्नुभयो, “तर छिमेकका कर्मचारी आउँदाखेरि राष्ट्रप्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिस, आफूलाई असाध्य जान्ने सुन्ने ठान्ने, देशका स्वाभिमानको पक्षमा मुन्टो हल्लाउँदै हिँड्नेले किन यसरी विदेशीहरुका अगाडि लम्पसार परिरहेका छन् ? यो राष्ट्रिय स्वाभिमानका विषयमा उहाँहरुलाई लाज लाग्दैन ?” नेताहरुमा शक्ति राष्ट्रको आशिर्वाद लिने र आफ्नो दुनो सोझ्याउने प्रवृत्ति देखिएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार विदेशी शक्ति राष्ट्रको मान्छे आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहँदा राष्ट्रको स्वाभिमान, राष्ट्रको इज्जत, सार्वभौमसत्तामाथि खलल पार्ने काम भएको छ । विदेशीहरको नेपाल भ्रमण राष्ट्रपति निर्वाचनलाई लक्षित रहेको भन्दै उहाँले पहिले शक्ति राष्ट्रहरुको हस्तक्षेप अप्रत्यक्षरुपले हुने भए पनि अहिले त प्रत्यक्ष नै देखिएको बताउनुभयो ।