• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा ★   विदेशी पोसाकमा देखिए ‘फुलेराका गाउँलेहरू’ ★   जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण ★   ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ ★   महामन्त्रीले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं: सांसद खनाल ★   धनुषामा धान रोपाइँ सुरु, मल अभाव

रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुनपर्ने सरकारी वकिल कार्यालयको भनाइ



काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने बताएको छ । सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीका बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नु नपर्ने निष्कर्ष निकालेको हो ।

यसअघि लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पौडेलले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए । कार्यालयले प्रहरी परिसरमा छानबिन चलिरहेको भन्दै जाहेरी दर्ता गर्नुनपर्ने बताएको हो । यसअघि लामिछानेको राहदानीका विषयमा सरकारी वकिलको कार्यालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँ, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण मागेको थियो ।

कार्यालयले जिल्ला प्रशासन कार्यालयबाहेका अरु कार्यालयबाट जवाफ नआएको बताएको छ । जिल्ला प्रशासन कार्यालयले लामिछानेको अभिलेख भेटिएको जवाफ पठाएको छ । सरकारी वकिलको कार्यालयले प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेपछि मात्र त्यसको अध्ययन गरी थप निर्णय लिइने जनाएको छ ।