३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजु क्षेत्रमा भएको घटनाको दोषीलाई कारबाही गर्न प्रकाशशरण महतको माग(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले बालाजु क्षेत्रमा सोमबार भएको तोडफोड एवं आगजनीमा संलग्न दोषी पहिचान गरी तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उहाँले कामठाडौँको मुटुमै सरकारले शान्तिसुरक्षा दिन सक्तैन भने दूरदराजमा बस्ने नागरिकहरुको हालत के हुनसक्छ भनी प्रश्न गर्नुभयो ।

साना व्यवसायीहरुले मोबाइल र अन्य पसल खोलेका बालाजुस्थित नयाँ बसपार्कको लोत्से मलमा दिनदहाडै लुटपाट मच्चिएको तर स्वयं प्रधानमन्त्रीको जिम्मेबारीमा रहेको गृह प्रशासनले शान्ति सुरक्षाको कुनै प्रत्याभूति दिन नसकेको बताउनुभयो ।

बालाजु क्षेत्रमा भएको घटनाका दोषीहरुलाई कारबाही गर्न र यातायात मजदुरहरुको जायज मागलाई सम्बोधन गर्न जरुरी छ भन्दै उहाँले भन्नुभयो, “यसमा मजदुरको नाममा गैरमजदुर प्रवेश गरेको हुनसक्छ । विभिन्न शक्तिको आडमा उच्छ्रिङ्कल समूह संलग्न हुनसक्छ ।”

सांसद महतले यथार्थ र निष्पक्ष ढंगबाट छानबिन गरेर न्याय निरुपण गर्ने जिम्मेबारी सरकारले गरोस् भन्दै अन्यथा यसबाट देशभर नकारात्मक संदेश जाने अराजक प्रवृत्तिहरु विस्तारै फैलिने डर हुने बताउनुभयो ।