१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

भारतमा इनारमा खसेर १३ जनाको मृत्यु, दर्जनौँ घाइते

भारतमा इनारमा खसेर १३ जनाको मृत्यु, दर्जनौँ घाइते
अ अ+ अ-

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लामा बुधबार राति कहालीलाग्दो घटना भएकाे छ । जिल्लाको नेबुआ नौरंगिया थाना इलाकाको नौरंगिया गाउँमा वैवाहिक कार्यक्रममा बुधबार राति भएको घटनामा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला, किशोरी र बच्चाहरु रहेका छन्। समारोहको क्रममा इनारको स्लाब भाँचिएर उक्त दुर्घटना हुन पुगेको हो। एक दर्जनभन्दा बढी गम्भीर रुपमा घाइते भएका छन् भने उनीहरुलाई अस्पताल भर्ना गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति हल्दीको समारोहकाबीच अचानक इनारको स्लाब भाँचिन पुग्यो र २५ भन्दा बढी महिला, किशोरी र बच्चाहरु इनारमा खस्न पुगे। मृतकमध्ये दुई जनाको पहिचान खुल्न सकेको छैन। बिहे घरमा चिच्चाहट र सहयोगको पुकार मच्चियो। खबर पाउनासाथ प्रहरी र स्थानीय मिलेर उद्धारमा लागेर इनारबाट सबैलाई निकालियो। गाउँदेखि जिल्ला अस्पतालसम्म हाहाकार मच्चिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार नौरंगिया गाउँको स्कुल टोल निवासी परमेश्वर कुशवाहका छोरा अमित कुशवाहाको विवाह भन्दा पहिले बुधबार अबेर रातसम्म हल्दी समारोह चलिरहेको थियो।

घरबाट १०० मिटर टाढा रहेको इनार नजिकै विवाह भन्दा पहिले गरिने समारोह(मटकोड)को कार्यक्रम चलिरहेको थियो। उक्त समारोह नजिक रहेको त्यस इनारमा आरसीसी स्ल्याब बनाएर ढाकिएको थियो। समारोहको क्रममा ठूलो संख्यामा महिला, युवती र बच्चाहरु इनारको स्ल्याबमाथि उभिँदा स्ल्याब अचानक भाँचिन पुग्यो र त्यसमाथि रहेका सबैजना इनारमा खस्न पुगे। इनारमा पानी टनाटन थियो। घटनापछि हाहाकार मच्चियो।

आसपासका मानिसहरु उद्धारमा खटिएपनि अँध्यारो भएको कारण उद्धारमा कठिनाई हुन पुग्यो। खसेकालाई इनारबाट उद्धार गरी अस्पताल पुर्याइयो। चिकित्सकले १३ जनालाई मृत घोषणा गरे। उद्धारबाट २५ जनालाई इनारबाट बाहिर निकालिएको थियो। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ भने धेरैको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।