• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

राप्रपा अध्यक्ष लिङ्देन र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहनुभएका अध्यक्ष लिङ्देनसँग विदेशसचिव क्वात्राले मन्त्रालयमा भेटवार्ता गर्नुभएको हो ।

भेटमा उहाँहरुबीच ऊर्जा क्षेत्रको विकासलगायत द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।