• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

कसरी मनाइन थालियो ‘भ्यालेन्टाइन डे’ ?



काठमाडौं । आज फेब्रुअरी १४ । आजको दिन विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवश भव्यताका साथ मनाइँदैछ । नेपालमा पनि पछिल्लो समय ‘प्रणय दिवश’ अर्थात ‘भ्यालेन्टाइन डे’ मनाउँदै आएका छौं ।

विश्वभर आजको दिनलाई युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गर्छन् । प्रेम गर्ने जोडीहरुको लागि निकै विशेष दिन फेब्रुअरी ७ तारिख मंगलबारका दिन ‘रोज डे’सँगै सुरु भएको हो ।

फेब्रुअरी ७ तारिख मंगलबार दिन ‘रोज डे’ मनाइएको छ, जहाँ आफ्नो क्रशलाई गुलाबको फूल दिने चलन छ । ‘रोज डे’ पछि ‘प्रपोज डे’ सेलिब्रेट गरिन्छ । प्राय सबैले आफ्नो पार्टनरलाई पूर्ण पर्फेक्ट अन्दाजमा प्रपोज गर्ने गर्ने गरिन्छ ।

‘प्रपोज डे’मा सबैले अ–आफ्नो भावनाहरुलाई एक अर्काबीच साटासाट गर्ने गरिन्छ । मनको कुरालाई आफ्नो क्रशलाई भन्ने सुवर्ण अवसर ‘प्रपोज डे’लाई मानिन्छ । गत फेब्रुअरी ८ तारिखका दिन ‘प्रपोज डे’ मनाइएको छ ।

‘प्रपोज डे’ पछि ‘चोकलेट डे’ मनाइन्छ । यो दिन आफ्नो पार्टनरलाई चकलेट दिने प्रचलन रहेको छ । गत फेब्रुअरी ९ तारिखका दिन ‘चोकलेट डे’ मनाइएको छ । ‘चोकलेट डे’ पछि गत शुक्रबार (फेब्रुअरी १०) तारिख’ का दिन ‘टेड्डी डे’ मनाइएको छ ।

त्यस्त फेबु्रअरी ११ तारिख, शनिबार दिन ‘प्रोमिश डे’ मनाइको छ । ‘प्रोमिस ड’का दिन आफ्नो क्रशलाई विभिन्न वाचाहरु गर्ने गरिन्छ ।

फेब्रुअरी १२, आइतबार ‘हग डे’ मनाइएको छ । जहाँ एक अर्कालाई हग गर्ने गरिन्छ । ‘हग डे’पछि फेब्रुअरी १३ तारिख, सोमबारका दिन ‘किस डे’ मनाइन्छ । यो दिन युगल जोडीहरुले आ–आफ्नो पार्टनरसँग किस गर्ने गर्छन् ।

त्यसपछि आज फेब्रुअरी १४, मंगलबार दिन ‘भ्यालेन्टाइन डे’ भव्यताका साथ मनाइँदैछ । आजको दिन संसारभरी नै युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गछौं ।

तर वास्तवमा यो दिवस किन मनाउन थालिएको हो त ? यो दिवस मनाउनाको ऐतिहासिक कारणबारे चर्चा भने प्रायः कमै मात्र हुने गर्छ ।

वास्तवमा ‘भ्यालेन्टाइन डे’ को के महत्व छ ? यो किन मनाउन थालियो ? र यसको ऐतिहासिक पृष्ठभूमी के हो भन्ने हरेक व्यक्तिले जान्नु आवश्यक छ । कुनै पनि व्यक्तिले आफुले मन परेको व्यक्तिलाई प्रेम प्रस्ताब राख्दा ‘विल यु वि माई भ्यालेन्टाइन ?’ भनेर प्रस्ताव राखेको हामीले देख्दै र सुन्दै आएकै कुरा हो ।

तर यो वाक्य बोल्ने हरेकले बुझ्न जरुरी कुरा के हो भने ‘भ्यालेन्टाइन’ को अर्थ ‘प्रेमी’ होइन, भ्यालेन्टाइन त एक पादरीको नाम हो । एक प्रेमिल जोडीको यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि दिएको बलिदानको सम्झानामा मनाउँछन् ।

ईशा पूर्व (इ.पु.) २७० मा रोमन सम्राट क्लडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर प्रेम र विवाह प्रतिबन्ध गरे । यसले गर्दा त्यसबेलाका जवान युवायुवातीहरु निकै दुखी भए ।

‘भ्यालेन्टाइन डे’लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो । सम्राटको आज्ञाको बिरुद्ध जाने कसैले हिम्मत गरेका थिएनन्, तर सेन्ट भ्यालेन्टाइनले लुकीछिपी युवायुवतीको विवाह गराइदिन थाले किनभने ऊनी सम्राटको निर्णयलाई धर्मविरुद्ध ठान्थे ।

सम्राटको आज्ञा तोडेको आरोपमा उनलाई ई पू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेमलाई भगवानको प्रसाद ठान्ने उनै पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो ।

‘भ्यालेन्टाइन डे’ लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो ।

तर पछिल्लो समय प्रणय दिवसको परिचय नै परिवर्तन भएको छ । प्रणय दिवस भन्नाले साँचो प्रेम प्राप्त गर्नु भन्दा बढी शारीरिक सम्बन्ध स्थापनाको माध्यम बनेको छ । कसैको लागि महङ्गा उपहार प्राप्त गर्ने विशेष अवसर बनेको छ ।