८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी मनाइन थालियो ‘भ्यालेन्टाइन डे’ ?



अ+ अ-

काठमाडौं । आज फेब्रुअरी १४ । आजको दिन विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवश भव्यताका साथ मनाइँदैछ । नेपालमा पनि पछिल्लो समय ‘प्रणय दिवश’ अर्थात ‘भ्यालेन्टाइन डे’ मनाउँदै आएका छौं ।

विश्वभर आजको दिनलाई युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गर्छन् । प्रेम गर्ने जोडीहरुको लागि निकै विशेष दिन फेब्रुअरी ७ तारिख मंगलबारका दिन ‘रोज डे’सँगै सुरु भएको हो ।

फेब्रुअरी ७ तारिख मंगलबार दिन ‘रोज डे’ मनाइएको छ, जहाँ आफ्नो क्रशलाई गुलाबको फूल दिने चलन छ । ‘रोज डे’ पछि ‘प्रपोज डे’ सेलिब्रेट गरिन्छ । प्राय सबैले आफ्नो पार्टनरलाई पूर्ण पर्फेक्ट अन्दाजमा प्रपोज गर्ने गर्ने गरिन्छ ।

‘प्रपोज डे’मा सबैले अ–आफ्नो भावनाहरुलाई एक अर्काबीच साटासाट गर्ने गरिन्छ । मनको कुरालाई आफ्नो क्रशलाई भन्ने सुवर्ण अवसर ‘प्रपोज डे’लाई मानिन्छ । गत फेब्रुअरी ८ तारिखका दिन ‘प्रपोज डे’ मनाइएको छ ।

‘प्रपोज डे’ पछि ‘चोकलेट डे’ मनाइन्छ । यो दिन आफ्नो पार्टनरलाई चकलेट दिने प्रचलन रहेको छ । गत फेब्रुअरी ९ तारिखका दिन ‘चोकलेट डे’ मनाइएको छ । ‘चोकलेट डे’ पछि गत शुक्रबार (फेब्रुअरी १०) तारिख’ का दिन ‘टेड्डी डे’ मनाइएको छ ।

त्यस्त फेबु्रअरी ११ तारिख, शनिबार दिन ‘प्रोमिश डे’ मनाइको छ । ‘प्रोमिस ड’का दिन आफ्नो क्रशलाई विभिन्न वाचाहरु गर्ने गरिन्छ ।

फेब्रुअरी १२, आइतबार ‘हग डे’ मनाइएको छ । जहाँ एक अर्कालाई हग गर्ने गरिन्छ । ‘हग डे’पछि फेब्रुअरी १३ तारिख, सोमबारका दिन ‘किस डे’ मनाइन्छ । यो दिन युगल जोडीहरुले आ–आफ्नो पार्टनरसँग किस गर्ने गर्छन् ।

त्यसपछि आज फेब्रुअरी १४, मंगलबार दिन ‘भ्यालेन्टाइन डे’ भव्यताका साथ मनाइँदैछ । आजको दिन संसारभरी नै युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गछौं ।

तर वास्तवमा यो दिवस किन मनाउन थालिएको हो त ? यो दिवस मनाउनाको ऐतिहासिक कारणबारे चर्चा भने प्रायः कमै मात्र हुने गर्छ ।

वास्तवमा ‘भ्यालेन्टाइन डे’ को के महत्व छ ? यो किन मनाउन थालियो ? र यसको ऐतिहासिक पृष्ठभूमी के हो भन्ने हरेक व्यक्तिले जान्नु आवश्यक छ । कुनै पनि व्यक्तिले आफुले मन परेको व्यक्तिलाई प्रेम प्रस्ताब राख्दा ‘विल यु वि माई भ्यालेन्टाइन ?’ भनेर प्रस्ताव राखेको हामीले देख्दै र सुन्दै आएकै कुरा हो ।

तर यो वाक्य बोल्ने हरेकले बुझ्न जरुरी कुरा के हो भने ‘भ्यालेन्टाइन’ को अर्थ ‘प्रेमी’ होइन, भ्यालेन्टाइन त एक पादरीको नाम हो । एक प्रेमिल जोडीको यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि दिएको बलिदानको सम्झानामा मनाउँछन् ।

ईशा पूर्व (इ.पु.) २७० मा रोमन सम्राट क्लडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर प्रेम र विवाह प्रतिबन्ध गरे । यसले गर्दा त्यसबेलाका जवान युवायुवातीहरु निकै दुखी भए ।

‘भ्यालेन्टाइन डे’लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो । सम्राटको आज्ञाको बिरुद्ध जाने कसैले हिम्मत गरेका थिएनन्, तर सेन्ट भ्यालेन्टाइनले लुकीछिपी युवायुवतीको विवाह गराइदिन थाले किनभने ऊनी सम्राटको निर्णयलाई धर्मविरुद्ध ठान्थे ।

सम्राटको आज्ञा तोडेको आरोपमा उनलाई ई पू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेमलाई भगवानको प्रसाद ठान्ने उनै पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो ।

‘भ्यालेन्टाइन डे’ लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो ।

तर पछिल्लो समय प्रणय दिवसको परिचय नै परिवर्तन भएको छ । प्रणय दिवस भन्नाले साँचो प्रेम प्राप्त गर्नु भन्दा बढी शारीरिक सम्बन्ध स्थापनाको माध्यम बनेको छ । कसैको लागि महङ्गा उपहार प्राप्त गर्ने विशेष अवसर बनेको छ ।