• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

विश्वकप लिग टू: नामिबियाद्वारा नेपाललाई २८६ रनको लक्ष्य



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजमा नामिबियाले नेपाललाई जितको लागि २ सय ८६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम बलमा अलआउट हुदै २ रन ८५ बनाएको थियो ।

नामिबियाका माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । माइकलले १ सय २१ बलमा ६ चौका र ५ छक्कासहित १ सय ८ रनको शतक पूरा गरेका थिए । उनले १ सय ३३ रन बनाए ।

कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रनमा क्याच आउट भए । जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेको क्याचबाट जेरार्ड आउट भएका थिए ।

तीव्र गतिका बलर सोमपाल कामीले तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरेका थिए । यस्तै, सन्दीप लामिछानेले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई १३ रनमा बोल्ड आउट गरेका थिए ।

जान निकोल लोफ्टी ८ र ज्यान फ्रिलिंक १३ रनमा आउट भए भने जेन ग्रिनले ३४ रन बनाए ।

नेपालको तर्फबाट करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिए ।