५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुको २३ औं महाधिवेशन सुरु



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आज मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।

विधान अनुसार प्रत्येक ३ वर्षमा हुने अनेरास्ववियुको महाधिवेशन यसपटक भने पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि हुँदैछ । मध्यान्ह १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रज्ञा भवनमा उद्घाटन गर्दै महाधिवेशन सुरु हुँदैछ । अनेरास्ववियुको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

एमाले केन्द्रीय सदस्य तथा अखिल इन्चार्ज माधव ढुंगेलका अनुसार अध्यक्षमा सर्वसम्मतिको प्रयास जारी छ । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच सहमति कायम भएमा अध्यक्षलगायत मुख्य पदमा चुनाव नहुने सम्भावना देखिएको छ । तर अध्यक्षमा सहमतिको सम्भावना नभएकाले अधिकांश पदमा चुनाव हुने सम्भावना छ ।

अनेरास्ववियुको महाधिवेशन उद्घाटनलगत्तै अध्यक्ष मण्डलको घोषणा हुनेछ । जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा गठन हुने अध्यक्ष मण्डलमा इन्चार्ज माधव ढुंगेलसहित उनीपछिका अखिल अध्यक्षहरु किशोरविक्रम मल्ल, नविना लामा, ऐन महरसहित पूर्व इन्चार्जहरु रहने बताइएको छ ।

अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया सन्चालनका लागि पार्टीको निर्वाचन आयोगलाई जिम्मा दिएको छ । निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरेर विद्युतीय भोटिङ मेसिनमार्फत चुनाव गराउनेछ । आजै बेलुकासम्म सबै काम सकेर बुधवार दिनभर मनोनयन प्रक्रिया थालिने र सोही साँझ अन्तिम नामावली प्रकाशन गरेर विहीबार मतदान हुने बताइएको छ ।

अनेरास्ववियुको यस महाधिवेशनबाट १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछन् ।