२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । यातायात मजदुरहरुले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो ।

सोमबार बालाजु क्षेत्रमा यातायात मजदुर तथा व्यवसायीहरुले आगजनी र तोडफोड गरेका थिए । तीनवटा मजदुर संगठनले आज सवारी साधन नचलाउने निर्णय गरेपछि उनीहरूलाई वार्तामा बोलाएको हो ।

मजदुर संगठनको हडतालपछि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी चल्न सकेका थिएनन् । तर, वार्तापछि भने यातायात चल्न सुरु भएको छ ।