१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

भेरी पुलसहित रिम्ना–तल्लुबगर सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत

भेरी पुलसहित रिम्ना–तल्लुबगर सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत
budget
अ अ+ अ-

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रिम्नादेखि तल्लुबगरसम्मको सडकको स्तरोन्नति गर्नका लागि बजेट स्वीकृत भएको छ ।
 
वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भएसँगै यस सडकखण्डका लागि रु एक अर्ब ८० करोड स्वीकृति भएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । अहिले सदरमुकाम खलङ्गाको पासागाडदेखि रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम जारी रहेको छ । एक सय १७ किलोमिटर सडकखण्डमध्ये दुई वर्षअघि पासागाड–रिम्नाको स्तरोन्नतिका लागि बोलपत्र भई अहिले काम जारी रहेको छ भने बाँकी रिम्नादेखि नलगाड नगरपालिकाको तल्लुबगरसम्म सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
 
त्यस्तै जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैदेखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको ठाँटीखोला जोड्नका लागि यातायात चल्ने भेरीनदीको पुल निर्माणका गर्न बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको छ । सो पुल निर्माणका लागि रु २४ करोड स्वीकृत भएको बस्नेतले बताउनुभयो ।
 
त्यस्तै जाजरकोट–डोल्पा सडकखण्डकै बीचबीचमा रहेको भेरी नदीमा पुल निर्माण कार्यसमेत जारी रहेको छ । बेलिब्रिज निर्माण गरेर तत्काल यातायातका साधन सञ्चालन गर्न सजिलो हुने भएकाले यो आर्थिक वर्षको अन्तिममा पुल निर्माण कार्य सकिने सडक डिभिजन चौरजहारीका प्रमुख धुर्ब झाले बताउनुभयो ।
 
जाजरकोट खण्डका अधिकांश पुल निर्माण भइसकेकाले डोल्पा खण्डमा मात्र अहिले पुलको काम निरन्तर भइरहेको छ । त्यस्तै रुकुम पश्चिममा एक घर एक धारो निर्माणका लागि रु एक अर्ब बजेट स्वीकृतकै चरणमा गएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार नदुवा राडी सडक स्तरोन्नतिका लागि रु ३० करोड, फुसको छाना हटाउन रु आठ करोड, राडी बजार क्षेत्रमा सहरी पूर्वाधारका लागि रु ५० करोड स्वीकृत भएको छ । छहरेबगर गोतामकोट १० किलोमिटर सडकका लागि रु ५० करोड बजेट स्वीकृत भई बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ । रासस