१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

श्रमिकहरुलाई पार्टीहरुले सत्तामा जाने भर्याङ्ग मात्र बनाउने होइनः कमल थापा

श्रमिकहरुलाई पार्टीहरुले सत्तामा जाने भर्याङ्ग मात्र बनाउने होइनः कमल थापा
अ अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले श्रमिकहरुलाई पार्टीले सत्तामा जाने भर्याङ मात्र बनाउने गरेको वास्तविक मजदुर हक हितमा काम गर्न नसकेको विचार व्यक्त गरेका छन् ।

पार्टी सम्द्धव ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को बैठकलाई सम्बोधन गर्दै थापाले श्रमिकहरु धेरै दुख गर्दा पनि परिवार धान्न धौ-धौ को अवस्थाबाट गुज्रिएको भन्दै उनिहरुको पक्षमा काम गर्न भन्दा ठुला भनिने दलका संगठनहरुले राजनीति मात्र बढी गर्न खोजेको समेत आरोप लगाए ।

तलव, सुविधा,स्वास्थ , बिमा जस्ता बिषयमा ध्यान केन्द्रित गरुपर्नेमा राजनितिक फाईदा मात्र लिने उदेश्यले मजदुर संगठन क्रियाशिल हुन नहुने भन्दै थापाले टुकोनले वास्तविक मजदुरको हक , हितमा काम गर्दै संगठन निर्माणमा केन्द्रित हुन निर्देशन दिए ।

बैठकले मुलुकका ७७ वटै जिल्लामा टुकोन युथ काउन्सिल गठन गर्ने निर्णय गरेको छ । युवा श्रमिकहरुलाई लक्षित गरेर टुकोनले संगठन विस्तार गर्न लागेको हो ।

ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले श्रमिकहरुको हकहितको लागि देशव्यापी आन्दोलनमा उत्रने निर्णय समेत गरेको छ ।

आन्दोलनकै पूर्व तयारी स्वरुप संगठनलाई देशव्यापी बनाउन सातवटै प्रदेश कार्य समितिलाई निर्देशन दिएको टुकोनले संगठित एवं असंगठित श्रमिकहरुलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले बताएका छन् ।

श्रमिकहरुको नाममा दर्जनौं ट्रेड युनियन महासंघहरु खुले पनि अमुक पार्टीलाई सत्तामा पुर्याउने भर्याङको रुपमा मात्र प्रयोग भएकाले वास्तविक श्रमिकहरुको मुद्धालाई ओझेल पर्न नदिन टुकोन अझ क्रियाशिल भएर अघि बढ्ने भण्डारीको तर्क छ ।

टुकोनले मर्यादित ट्रेड युनियन आन्दोलनलाई व्यवस्थित गर्दै श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि एवं सामाजिक सुरक्षा कोषलाई अक्षरस लागू गर्न जोडदार माग गरेको छ ।