१० कार्तिक २०८१, शनिबार
,
Latest
सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ‘आठौं कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ सम्पन्न चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस: सुनिरा र रितिक च्याम्पियन लिग २ को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्ने हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौः प्रचण्ड संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड नेपाली जहाँ पुुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको मौन प्रदर्शन – फोटोफिचर ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता कसैले दिएको भिख होइनः मुख्यमन्त्री यादव



अ+ अ-

जनकपूरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताउनुभएको छ ।

सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संघीयता आम नागरिकले लडेर ल्याएको बताउनु भयो ।

उहाँले स्थानीय निर्वाचनमा जितेका र प्रदेश र प्रतिनिधि सभामा निर्वाचन जितेका केही सांसदहरुले संघीयता चाहिँदैन भनिरहेको भन्दै संघीयता उनीहरु कसैले दिएको भिख नभएको जिकिर गर्नुभयो । उहाँले मधेस प्रदेशका नागरिक रहेसम्म संघीयता रहीरहने दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारका साथ प्रहरी समायोजन र निजामति ऐन लगायतका कानूनहरु पास गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्रीज्युलाई भन्न चाहन्छु, तपाई पनि इमान्दारका साथ कानूनहरु जुन विगतका सरकारबाट अड्किएको छ, प्रहरी समायोजन लगायत निजामति ऐन, लगायत नागरिकता विधेयक सम्बन्धी, सबै तुरुन्त लागू गरेर संघीयतालाई मजबुत बनाइदिनु हुन्छ भन्ने मलाई विश्वास छ । यसले संघीयता बलियो हुनका साथै देशको विकासको रफ्तार बढ्छ ।’

‘आजको दिनमा केही स्थानीय चुनावबाट आएका केही व्यक्ति र प्रदेश र प्रतिनिधि सभाबाट नयाँ आएका केही पार्टीका नेताहरु काठमाडौंमा बसेर संघीयता चाहिँदैन भनिरहेका छन्, म उहाँहरुलाई यहीँबाट खबरदारी गर्न चाहन्छु यो उनीहरुले दिएको भिख होइन । हजारौँ बलिदान पछि आएको संघीयता हो । जबसम्म मधेस प्रदेशका जनता रहन्छन् तबसम्म यो देशमा संघीयता रहन्छ । संघीयता जाने वाला छैन ।’

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना शहीद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ‍ ।