• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

यातायात मजदुर संगठनले भोलि काठमाडौं उपत्यका बन्द गर्ने



काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भोलि काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।

लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेको भन्दै मंगलबार मजदुर संगठनले उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।

आगामी ४ गतेदेखि यातायात क्षेत्रको सुधारको लागि १० बुँदे मागका विषयमा लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेकोमा भोलि उपत्यका बन्द गर्ने संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

‘यातायात मजदुरले आज १ बजे आगामी ४ गतेदेखि आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न कार्यक्रम राखेका थियौं । हाम्रा मजदुरमाथि भएको आक्रणको विरोधमा भोली उपत्यका बन्दको घोषण गरेका हौं ।’, राईले भने ।