३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृतक प्रेम आचार्याकी श्रीमतीले बुझिन् जीवन बीमाबापत् ५० लाख १२ हजार



अ+ अ-

काठमाडौँ । आत्मदाहको प्रयासपश्चात् निधन भएका इलामका प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले जीवन बीमा गरेबापत् दाबी भुक्तानी रकम उपलब्ध गराएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतक आचार्यको परिवारलाई ५० लाख १२ हजार एक सय ९४ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

मृतककी श्रीमती नानुका अधिकारीका नाममा चेकमार्फत कम्पनीले बीमा दाबी रकम हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टंक श्रेष्ठले जानकारी दिए ।

नयाँबानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयासपश्चात् घाइते भएका उनलाई उपचारका लागि र्कीतिपुरस्थित बर्न अस्पताल लगिएपनि उनको उपचार सफल हुन सकेन । अस्पताल भर्ना गरेको भोलिपल्ट बिहान आचार्यको मृत्यु भएको थियो ।

आचार्यको निधनपछि विभिन्न व्यक्ति तथा संघ संस्थाले देश विदेशबाट मृतकको परिवारलाई आर्थिक सहयोग जुटाउँदै आएका छन् ।