२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

राप्ती नगरपालिकामा ९० प्रतिशत निर्णय कार्यान्वयन

राप्ती नगरपालिकामा ९० प्रतिशत निर्णय कार्यान्वयन
अ अ+ अ-

चितवन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन् । ती बैठकमा ८४० निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन् । पाँच प्रतिशत कार्यान्वयनको चरणमा छन् भने पाँच प्रतिशत विविध कारणले कार्यान्वयन हुन सकेका छैनन् ।

महिला प्रमुख रहेको यस नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरवासीले अनुभूति हुने गरी विकासका काम भएको जनप्रतिनिधिको भनाइ छ । प्रमुख प्रभा बरालका अनुसार विसं २०७४ को जेठ ८ गते पहिलो यही माघ २५ गतेसम्म १०० बैठक सम्पन्न भएका छन् । ती बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन भएको उहाँले बताउनुभयो ।

नगरपालिकामा जनताका कामलाई सहज, निष्पक्ष र छिटोछरितो प्रदान गरिँदै आएको छ । जनताका सेवालाई सहज बनाउन एउटा नगरपालिका कार्यालय भवन, एक नगर सभाहल, एक अस्पताल, सात आधारभूत स्वास्थ्यचौकी, ११ वडा कार्यालय र २९ खोप केन्द्र निर्माण गरिएको बरालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “संविधान संवत् ढङ्गले सबै कामलाई अगाडि बढाउन ६१ ऐन, नियम, नियमावली, कार्यविधि र निर्देशिका निर्माण गरिएको छ ।” नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने वडा नं  १०, ११, १२ र १३ घर भएका चेपाङ बालबालिका पढ्नका लागि विभिन्न सङ्घसंस्था र सांसदसँग समन्वय गरी छात्रावास निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “हामी निर्वाचित हुँदा ९० प्रतिशत मात्र बालबालिका विद्यालय जाने अवस्थाबाट शतप्रतिशत विद्यालय भर्ना दर बनाएका छौँ ।”

बालविवाह र विद्यालय छाड्ने दर घटाउन चेपाङ छात्रा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । एम्बुलेन्समार्फत नगरपालिकाभित्रका दीर्घरोगी, अपाङ्ग, अति वृद्धलाई निःशुल्क सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । आमा र बच्चाको वृद्धि विकास र स्वस्थ राख्नका लागि आमा पोषण कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाका  ५० सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम भएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत एसइई दिने विद्यार्थीलाई प्रमुख तीन विषयका लागि निःशुल्क कोचिङको व्यवस्था गरिएको छ भने नगरपालिकामा श्रवणशक्ति कमजोर भएका बालबालिकाका लागि कक्षा ८ सम्म विशेष कक्षा सञ्चालन गरिएको र आवासीय सुविधा दिइएको छ । नगरपालिकाले कक्षा १ देखि ५ र ६ देखि ८ सम्म दुई स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गराइएको छ भने नगरपालिकाको शैक्षिक बुलेटिन प्रकाशन गरिएको छ ।

नगरपालिकाअन्तर्गत शैक्षिक संरचना, स्वास्थ्य संस्था, कृषि पशु स्वास्थ्य संरचना, सामुदायिक भवन र नगर सभाहलसहित १२१ संरचना निर्माण गरिएको छ । नगरपालिकाले नगर पार्शोचित्र, रणनीतिक योजना, वार्षिक बजेट र नीति तथा कार्यक्रमको पुस्तक प्रकाशनजस्ता काम गरेको छ ।

जनतालाई छिटो–छरितो र पारदर्शी ढङ्गले सेवा प्रदान गर्नका लागि राजस्व, पूर्वाधार योजना र लेखामा सफ्टवेयर तथा अनलाइनमार्फत काम गरिएको छ । प्रदेश सरकारको सहकार्यमा पशु आहार ९दाना० उद्योग सञ्चालनमा ल्याइएको छ । देशभरिकै अति महत्वपूर्ण पशु चिकित्सकसहित पशुस्वास्थ्य अस्पताल निर्माण गरिएको छ । फोहोर व्यवस्थापन गर्ने गरी जापानिज संस्था र बागमती प्रदेश सरकार तथा नगरपालिकाको संयुक्त आयोजनामा प्राङ्गारिक मल उद्योग स्थापना गरिएको छ ।

नगरस्तरीय आयुर्वेद अस्पताल निर्माणको काम भइरहेको छ । नगरपालिका र विभिन्न सङ्घ संस्थाको समन्वयमा तीन हजार ५०० भन्दा बढी युवायुवतीलाई रोजगारमूलक, उत्पादनमूलक, आयमूलक तालिम दिइएको छ । किसानलाई निःशुल्क प्राविधिक सेवा दिइएको छ । किसानको लागि सिँचाइ कुलो र साना सिँचाइ आयोजनामा डिपबोरिङको व्यवस्था गरिएको छ । किसानलाई आवश्यकताअनुसार कृषि औजार उपलब्ध गराइएको प्रमुख बरालले जानकारी दिनुभयो ।

यसैगरी पशुपालन गर्ने किसालाई दूध खेर जान नदिनका लागि राप्तीका छवटा दुग्ध सहकारी संस्थालाई क्रिम सेप्रेटर उपलब्ध गराइएको छ भने किसानलाई दूधमा अनुदान दिइँदै आएको छ । धेरैजसो किसानलाई मागको आधारमा च्यापकटर, काउम्याट, दूध दुहुने ठेकी वितरण गरिएको छ । सबै दुग्ध सहकारी संस्थालाई मिल्क एनलाइजर उपलब्ध गराइएको छ । व्यावसायिक पशुपालक कृषकलाई दूध दुहुने मेसिन प्रदान गरिएको छ ।

राप्तीका सबै खोलामा बाढी आउँदा यहाँका खेती बगाउने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै नगरपालिकाले खोला तटबन्ध कार्यलाई पनि तीव्रताका साथ अगाडि बढाएको छ । दक्षिणतर्फ रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जनता र जङ्गली जनावरबीच द्वन्द्व न्यूनीकरणका लागि विभिन्न सङ्घ संस्था र सांसदको समन्वयमा पक्की पर्खाल निर्माण गर्ने कार्यक्रम भइरहेको छ । हालसम्म चार किलोमिटर यस्तो पर्खाल निर्माण गरिसकिएको प्रमुख बरालले बताउनुभयो ।

पैदल हिँड्नुपर्ने पहाडी क्षेत्रका अधिकांश ठाउँमा सडक पुर्‍याइएको छ । ट्रयाक, ग्राबेल, उच्चस्तरको ग्राबेल, ढलान, कालोपत्रे र मोज्याक राख्नेजस्ता काम व्यापकरुपमा भएको उहाँले बताउनुभयो । कोरोना महामारीको समयमा नगरवासीलाई सुरक्षित राख्नका लागि विभिन्न कार्य गरिएको प्रमुख बरालले बताउनुभयो । उहाँका अनुसार सात एम्बुलेन्स परिचालन गरिएको थियो । महिलाका लागि तीन छुट्टै क्वारेन्टाइन बनाइएको थियो भने पुरुषका लागि आवश्यकताअनुसार क्वारेन्टाइन व्यवस्था गरिएको थियो । जिल्लामा पहिलो कोरोना सङ्क्रमित भेटिएको नगरपालिकाले उपचारका लागि आवश्यक सहयोग गरेको बरालले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म नगरभित्र एक हजार ५०० जनाको पीसीआर र एक हजार ६०० जनाको एन्टिजेन परिक्षण गरिएको छ । एकतीस हजारभन्दा बढीलाई कोभिडविरुद्धको खोप लगाइएको छ । विसं २०७२ मा आएको भूकम्पबाट प्रभावित धेरैजसोलाई राज्यबाट पाउने राहत उपलब्ध गराइसकिएको बरालले बताउनुभयो । अव्यवस्थित बसोबासी र भूमिहीनको अभिलेखीकरणको काम भइसकेको छ । रासस