• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

रवि लामिछानेलाई चिन्दिनँ भनेपछि ट्रोल बनिन् गायिका चौहान



काठमाडौँ । चर्चित गायिका एलिना चौहान यतिबेला एक अन्तर्वार्ताका कारण चर्चामा आएकी छन् ।

आइतबार टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अतिथिको रूपमा सहभागी भएकी उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले रवि लामिछानेको तस्बिर देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।

त्यसको जवाफमा गायिका चौहानले व्यक्ति रवि लामिछाने भए पनि कुनै पनि रूपमा नचिन्ने प्रतिक्रिया दिएकी थिइन् ।

मिडियाकर्मीदेखि पछिल्लो समय राजनीतिक र नागरिकताको विषयले चौतर्फि चर्चामा रहेका रविलाई चिन्दिन भनेपछि अहिले सामाजिक सञ्जालमा उनी ट्रोल बनिरहेकी छन् ।

एक प्रयोगकर्ताले टिकटकमा उनलाई गाइने भएर मात्र भएन, देशलाई चाहिने मानिस चिनिराख्नुपर्छ भनेर व्यङ्ग्य गरेका छन् ।

कतिले उनको फोटोसँग विभिन्न पोस्ट गर्दै उडाइरहेका छन् । कार्यक्रमको सुरुमा सुवेदीले रविको चर्चा पनि गरेका छन् । तरपछि फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भन्दा कुनै रूपमा चिन्दिन भनेपछि उनी आलोचित बनेकी हुन् ।

एलिना पछिल्लो समय गीत ‘धोकेबाज’को कारणले चर्चामा छिन् । उनले विभिन्न स्थानमा दिएको प्रस्तुतीमा उक्त गीत गाएर युवायुवती मरिहत्ते गरेको भिडियोहरू सामाजिक सञ्जाल टिकटक लगायतमा भाइरल भइरहेका छन् ।